Loading...
मिर्चैयामा आधुनिक वद्यशाला र कृषि हाट वजार स्थापना हुनेः मन्त्री साह

समृद्ध मिर्चैयाको आधार कृषि उद्योग पर्यटन र व्यापार भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरि शंकर साहको अध्यक्षतामा सम्पन्न भएको यस प्रथम मिर्चैया महोत्सव २०७५ समापन समारोहका प्रमुख अतिथी संघिय समाजवादी फोरम नेपाल राजनीतिक समिति सदस्य प्रदेश नं. २ का सम्माननिय भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सभालाई सम्वोधन गर्दै मिर्चैयामा प्रदेश सरकारले ४५ लाख वरावरको आधुनिक वद्यशाला र त्यस्तै आधुनिक कृषि हाटवजारको योजना निर्माण गर्ने घोषणा गर्दै स्थानीय सरकारलाई यस्मा चासो देखाउन आग्रह गर्नु भयो ।


उक्त कार्यक्रममा मन्त्रि साहले प्रदेश सरकारले वितेको एकवर्षमा गरेको कार्य विवरण सारांशमा सुनाउनुको साथै प्रदेश सरकारको वेटि पढाउ वेटि वचाउ अभियानको वारेमा जानकारी गराउँदै संघिय सरकारले गरिरहेको असहयोगको वारेमा पनि धारणा राख्नु भएको थियो साथै आयोजक लाई आफुलाई यस महोत्सवको समापनमा प्रमुख अतिथी वनाएकोमा सम्पुर्ण आयोजक टिमलाई धन्यवाद दिनु भएको थियो । उक्त कार्यक्रममा महोत्सव मा आयोजकले कृषि प्रदर्शनिका कृषक, पशु प्रदर्शनिका कृषक, विज्ञान कला प्रदर्शन, जुनियर रेडक्रस टिमलाई प्रमाण पत्र, मायाँको चिनो, प्रशंसा पत्र लगायत प्रमुख अतिथीको हातवाट वितरण गराएको थियो ।


त्यस्तै कार्यक्रमका स्वागत मनतव्य उद्योग वाणिज्य संघ सिरहाका वरिष्ट उपाध्यक्ष अशोक साहले गर्नु भएको थियो भने सचिवले महोत्सवको वारेमा अनुभव सुनाउनु भयो विशिष्ट अतिथी मिर्चैया नगरपालकिा कामेयर श्रवण कुमार साहले स्थानीय सरकारलाई प्रदेश सरकारवाट सहयोगको अपेक्ष राखेको र स्थानीय हाट वजार वैज्ञानीक ढंगवाट अगाडी वढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रमका संचालक अजय कुमार यादव ले सर सफाई अभियन्ता धिरेन्दै साह लाई आशन ग्रहण गराउँदै महोत्सव मा सहयोगर्ने सम्पुर्ण समिति उपसमितिहरु लगायत महोत्सवलाई सफल वनाई दिनको लागी सहयोग गर्ने उद्योगी, व्यापारी, कृषक, शिक्षक, विद्यार्थी, युवा, वुद्धिजिवी, राजनीतिकर्मी, संचारकर्मी मित्र, कलाकार साथीहरु लगायत सुरक्षा निकाय, सुरक्षा व्यवस्था हेर्नु भएको सुरक्षा कर्मी मित्र, टेन्टहाउसका सहकर्मि, वाल उद्यानका संचालक, सम्पुर्ण उपसमितिका साथीहरु र स्वयं सेवक साथिहरुलाई आसन ग्रहण गराउँदै । सभाको विर्सजन सभा अध्यक्ष हरिशंकर साह वाट गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *