Loading...
विजयनगर गाउपालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगीता हुदै, २० टीम सहभागी हुने
कपिलवस्तु/संवाददाता फाल्गुन १३
कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिका वडा नं ४ शंकरपुरमा हुने प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिताको तयारी सम्बन्धमा  पत्रकार सम्मेलन सम्पन्न भयो। जस्मा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले आएका सम्पूर्ण पत्रकारलाई स्वागत गर्दे उक्त खेलको लगभग सम्पूर्ण तयारी भई सकेको र खेलकुदले  युवालाई एकजुट बनाउन, समाज मा सद्भाव कायम गर्न, सचेत नागरिक बनाउन,र व्यक्ति को शारीरिक, मांसिक क्षमता बढाउन का साथै समुहमा मिलेर कार्य गर्ने बानी को विकास गराउन सहयोग पुग्ने धारणा राख्नु भयो। जस्को उद्घोषक अर्जुन बेल्वासेले गर्नु भयो। प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिता को आयोजक हरियाली युवा क्लब शंकरपुर र विजयनगर गाउँपालिकाको सहयोग मा फाल्गुन १४ गते उद्घाटन भई २८ गते सम्म प्रतियोगिता रहने कुरा खेल संयोजक दुर्गा बहादुर दर्जीले बताएका छन्। उक्त प्रतियोगिता मा  २० टीम सहभागी हुने कुरा आयोजक क्लब अध्यक्ष खिम बहादुर खत्रीले जनाएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *