Loading...
जनकपुरलाइ स्वच्छ सफा बनाउन मुख्यमन्त्री झाडु लिएर कुद्नु पर्दैन, हाम्रो टिम नै काफी- दिपक

जनकपुर उपमहानगरपालिका –८ बस्ने दीपक ठाकुर जनकपुरलाई सफा बनाउने अभियानमा निरन्तर खटिरहेका योद्धा हुन् । लामो समयदेखि स्वस्फूर्त रुपमा सहर सफा बनाउने अभियनामा लागेका दीपक अहिले स्वच्छता अभियानको रुपमा परिचित छन्। धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको सरसफाइबारे एक पर्यटकले गरेको नकारात्मक टिप्पणीले चित्त दुखेको दीपकले स्वच्छ जनकपुर सफा जनकपुर बनाउने अठोट लिएका छन् ।

विदेश घुमघाम का बेला अन्य शहर लाइ सफा देखे पछि आफ्नो जन्म धर्तिलाइ समेत सफा बनाए कति राम्रो हुन्थ्यो होला जस्ता सपना दिपकको अगाडि आए पछि दीपक जनकपुरलाई पनि सफा बनाउने अभियान मा जुटेका छन् र त्यो सफल हुदै गैरहेको छ । जनकपुरधाम उपमहानगरपालिका –८ स्थित दशरथनगर टोलबाट सरसफाइको अभियान सुरु गरेका दिपकले अव्यवस्थित र जताततै फोहोरको डंगुर देखिने दशरथनगरलाइ अहिले जनकपुरको नमूना टोल बनाएको छ । दीपकले टोलकै अन्य सदस्यहरुको साथ लिएर दशरथनगरलाई सफा बनाउन सफल भएका छन् ।

उनी भन्छन्,‘सरसफाइको अभियान मैले आफ्नै टोलबाट सुरु गरेँ । टोल सुधार समिति गठन गरेर हामीले सरसफाइ अभियानलाई अगाडी बढाएका छौं ।’ सरसफाइ अभियान सुरु गर्दा कम चुनौतीको सामना गर्नु परेन, उनलाई । ‘टोलको हरेक घर पुग्नु पर्‍यो । घरघर पुगेर फाहोरबाट हुन सक्ने हानीबारे सबैलाई जागरुक बनायौं,’ दीपक भन्छन्,‘तर अब धेरै समस्या छैन, सबैको सहयोग पाएका छौं ।’

टोलका घरबाट निस्केका फोहोर व्यवस्थान गर्न टोलवासीकै सहयोगमा टोलसुधार समिति बनाएर सरसफाइप्रति सचेतना जगाउने काम गरेको उनी बताउँछन् । यसैगरी टोलवासीकै आर्थिक सहयोगले टोल सुधार समितिले दुईवटा रिक्सा समेत किनेका छन् । र, घरघर पुगेर रिक्सामा फोहोर उठाउने दुईजना श्रमिकलाई मासिक २४ हजार पारिश्रमिकसमेत दिने गरेको दीपकले बताए।

टोलटोल पुगेर उपमहानगरपालिकाले फोहोर संकलन गर्नुपरे पनि अहिलेसम्म यसको सुरुवातसमेत हुन नसकेको उनको गुनासो छ । तर, सरसफाइको लागि उपमहानगरपालिकामै निर्भर हुनु नपर्ने उनको ठम्मयाई छ । हेरक नगरवासीले जनकपुरलाई सफा बनाउन आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने दीपक बताउँछन् ।

आफ्नो टोलबाट सुरु गरेको सफाइ अभियानलाई दीपक र उनका साथीहरुले जनकपुरभर व्यापकता दिएका छन् । दीकपसहित उनका साथीहरु हरेक शनिबार फोहोर टिप्न फाहोर थुप्रिएका ठाउँमा पुग्ने गरेका छन् । सँडेगलेका फोहोर देखेर अरुले नाक बिचकाउने गरेपनि दीपक फाहोरको डंगुरभित्रै पसेर हातले उठाउने गरेको व्यवहारले सबैलाई चकित बनाएको छ । ‘बिमारी फैलाउने जडो फाहोर हटाउन मलाई थोरैपनि हिचक हुँदैन्,’ दीपक भन्छन्,‘अब त फोहोरसँग रमाउने बानी नै भइसक्यो ।’

फोहोर सहरको उपमा पाएको जनकपुरलाई स्वच्छ र सफा बनाउने ठुलो रहर बोकेका छन्, शिक्षण पेशामा समेत लागेका दीपकले । घर, पसल र होटलजस्ता स्थानबाट निस्कने फोहोर व्यवस्थापन गर्न ‘ल्याण्डफिल साइट’ बनिदिएको भए जनकपुरले पाउँदै आएको फोहोर सहरको उपमापनि हटेर जाने उनको विश्वास छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युएनडीपीले स्वच्छता अभियानमा निरन्तर सक्रिय रहेको दीपकलाई सम्मानितसमेत गरिसकेको छ ।

दीपकजस्तै सफाइ अभियानमा स्वस्फूर्तरुपमा जुटेका जनकपुरका युवाहरुले उपमहानगरपालिका कार्यालयलाई नगर र नगरवासीप्रतिको आफ्नो दायित्व निर्वाह गर्न घचकाउने कामसमेत गरेको छ । यदि साचिकै जनकपुर को बिकाश चाहने हो भने प्रदेश न २ का मुख्य मन्त्री लाल बाबु राउत झाडु कुचो लिएर सर सफाई अभियान मा कुद्नु पर्दैन यी युवा लाइ नै अगाडि बढाउने हो भने जनकपुर स्वत सफा जनकपुर को नाम ले चिनिने छ दिपक भन्छन -” मैले गरेको सरसफाई मा आर्थिक सहयोग को आवश्यकता पर्दछ जुन कि यहा का मेयर देखि मुख्य मन्त्रि सम्म ले गर्दैनन् न त वास्ता गर्छन मिडिया बाजी को लागि कुचो लिएर १२ बिघा मा कुद्ने काम मुख्यमन्त्रिले गर्नु हुन्छ ।
यदि यस्तो हो भने सम्बन्धित निकाय ले दिपक जस्तो होनहार युवा लाइ यस सर सफाईको अभियानको जिम्मेबारी मात्र होइन बल्कि सम्पूर्ण सहयोग गर्नुपर्दछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *