Loading...
ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा, केहि बेर मै काठमाडौँ ल्याउदै

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ । बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अब केहिबेरमै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *