
संघिय समाजबादी फोरम नेपाल सरकारमा गएपछि मधेश सहित पहाडमा अहिले पार्टी प्रवेश कार्यक्रम ह्वातै बढेको छ । कहिले बाजुरा त कहिले सिन्धुपाल चोक हुदै काठमाडौँमा समेत वृहत पार्टी प्रवेश कार्यक्रम फोरम नेपाल ले गर्दै आएको छ । भोलि फागुन १८ गते दिउँसो ३ः०० बजे रामेछाप जिल्ला अन्तर्गतका विभिन्न राजनीतिक दलहरु पार्टी परित्याग गरी संघीय समाजवादी फोरम, नेपालमा जिल्ला तहका नेताहरु भित्रिने कार्यक्रम रहेको एक नेताले बताएका छन् । कार्यक्रम कोटेश्वर स्थित गौरीशंकर पार्टी प्यालेसमा रखिएको छ । कार्यक्रममा उपस्थितिका लागि उपत्यकामा रहनु भएका पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाइ फोरम नेपालले अनुरोध गरेको छ । पार्टी प्रवेश गर्ने अधिकांश नेकपाका नेता कार्यकर्ता रहेको जानकारी प्राप्त भएको छ ।
Facebook Comments