
दिपक मनराल
===============================
हो, नेपालमा जहिले र जुन राजनीतिक नेताको दुर्घटनामा परेर वा पारेर वा हत्या गराएर मृत्यु हुँदा पनि भारतीय शासक मण्डलीको संलग्नता रहेको शंका गरिन्छ। किन नगर्नु त ? गर्नै पर्ने परिस्थिती छ र त्यसरी शंका गर्नु नै पर्छ। भारतीय शासक मण्डलीको आजसम्मको ब्यबहार नै त्यस्तो छ त, किन शंका नगर्नु ?
—————-
राजा बिरेन्द्र र राजपरिवारकै सखाप पार्ने हत्या काण्डमा दिपेन्द्रको प्रेमिका देब्यानी राणालाई प्रयोग गरेर दिपेन्द्रद्वारा नै हत्या गराईयो। पशुपती राणाको छोरी देब्यानी राणाको मामली भारत नै हो। तर, दिपेन्द्रले आत्मा हत्या गरेका थिएनन्, दीपेन्द्रको हत्या अरु कसैले गरेको थियो। यो तथ्य घटना र बिचार पत्रिकाका पत्रकार देब प्रकाश त्रिपाठीले केहि महिना अघि लेखेको एउटा सिलसिलेवार लेखमा उल्लेखित छ। तर, कुनै पनि हालतमा नारायण हिटी दरबार हत्याकाण्ड अरु कसैले, साधारण जनताबाट त्यहा गएको कुनै मानिसले, गराएको थियो भन्ने कुरा कल्पना नै गर्न सकिन्न। किनभने, तत्कालिन राजदरबारको सुरछ्याको लागि भनेर २००० (दुई हजार) संख्यामा सेनाको उपस्थिती २४ सै घण्टा रहन्थ्यो । यो दरबार हत्या काण्डमा भारतको हात रहेको तथ्य बारेमा अब शंका गरिरहनु पर्ने अवस्था छैन। हो, यसमा राजपरिवार भित्रै कै कुनै महत्वपूर्ण मानिसको हात पक्कै छ। यसमा पनि शंका छैन। भित्री कारण तयार नभैकन बाहिरी कारणले मात्र त्यस्तो घटना पक्कै घट्दैन। यो बैज्ञानिक नियम नै हो।
———-
मदन भण्डारीको हत्याकाण्डमा पनि भारतीय शासक मण्डलीको संग्लाग्नता भएको बारेमा कुनै शंका छैन। तर, उक्त हत्याकाण्डमा पनि भित्री कारण पक्कै थियो। त्यत्रो भयङ्कर हत्याकाण्डको लागि भित्री कारण तयार नभैकन बाहिरी कारणले मात्र सम्भव थिएन। भने पछि, तत्कालिन “एमाले भित्र को थियो होला त त्यस्तो भित्री कारक बन्ने मानिस ?” भन्ने गम्भीर प्रश्न उसै बेला देखि उठेको प्रश्न हो। धेरैलाई यो प्रश्नको उत्तर थाहा छैन। त्यस्तो मानिस बिगतमा एमाले प्रमुख बनेको र अहिलेकै कुनै कथित “महत्वपूर्ण मानिस” मानिने मानिस नै थियो भन्ने लगभग प्रमाणित भैसकेको तथ्य हो।
——-
रबिन्द्र अधिकारीओ हेलिकप्टर दुर्घटनामा पनि भारतीय शासक मण्डलीको हात रहेको कुरामा शंका गर्ने दह्रिलो आधार छ। भारतीय शासक मण्डलीले गौतम बुद्ध भारतमा जन्मेका थिए भनेर आजसम्म पनि आफ्ना संचार माध्यमहरु मार्फत बिश्वभरि भ्रम छर्दै आएको छ र अहिलेका भारतीय शासक मण्डलीले समेत त्यस्तो भनेको कुरा धेरै पुरानो भएको छैन। स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीले समेत यो कुरा सार्बजनिक रुपमा भनेका थिए र पछि माफी माग्दै आफ्नो भनाई सच्चाएका थिए। तर, भारतीय बिद्यालयहरु र महाबिध्यालयहरुका पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनेर नै लेखिएको छ र त्यस्तै पढाउने काम गरिन्छ। त्यत्ती मात्र होइन, भारतले बुद्ध भारतमा जन्मेको भनेर विश्वलाई झुक्क्याउन भारतमा नै नक्कली लुम्बिनी-ग्राम निर्माण गर्ने असफल प्रयत्नहरु आजसम्म गर्दै आएको छ। त्यस्तो स्थितीमा, लुम्बिनीमा नै त्यत्रो अन्तरराष्ट्रीय विमानस्थल निर्माण कार्य लगभग सम्पन्न हुँदैछ। त्यो कामको नेतृत्व रबिन्द्र अधिकारीले अत्यन्त सक्रियताका साथ् गर्दै थिए । यसरी, यदि नेपाल भित्रै, लुम्बिनीमा त्यत्रो अन्तर्राष्ट्रीय विमानस्थल समेत निर्माण भए पछि त विश्वभरका मानिसहरुले बुद्ध नेपालमा नै जन्मेका थिए र त्यो ठाउँ त्यहि विमानस्थल भएको ठाउँकै एकदम नजिक नेपाल भित्रै रहेछ भनेर के बुझ्ने र थाहा पाउने भए। त्यस्तो स्थिती निर्माण हुन् नदिन उद्देश्यले उक्त लुम्बिनी अन्तरराष्ट्रीय विमानस्थल कुनै हालतमा पनि बन्न नदिने षड्यन्त्रमा भारतीयहरु लागेका थिए र छन्। रबिन्द्र अधिकारी जस्ता कर्मठ मानिस मंत्री रहिरहेमा आफ्नो उक्त षडयन्त्र असफल हुने बुझेर कतै “भारत कै संग्लग्नतामा नै त्यो हेलिकप्टर दुर्घटना घटाईएको त होइन ” भन्ने दह्रो शंका गर्ने स्थिती देखिएको छ। अब, यसमा पनि भित्री कारण पक्कै होला – या त देश भित्र अन्यत्र वा नेकपा भित्र नै कुनै नेताको संग्लाग्नता पो छ कि भन्ने प्रश्न उठ्न सक्छ। तर, यसमा पार्टी भित्रको संलग्नता भन्दा पनि निजामती प्रशासनमा भएको भारतीय घुषपैठको संग्लग्नताको बढी सम्भावना छ। त्यसकारण, उक्त दुर्घटनाको जांच-बुझ र अनुशन्धान गरिनु पर्छ। हेलिकप्टर दुर्घटनामा कतै भारतीय संग्लाग्नता त छैन ?
Facebook Comments