Loading...
भारत फर्केका अभिनन्दनको भब्य स्वागत, अब अभिनन्दन माथि हुनेछ यस्ता परीक्षण

भारतीय अनलाइन पहिलोपोस्टका अनुसार भारतीय वायु सेनाका प्रतिनिधिले अभिनन्दनलाई ग्रहण गरिसकेपछि उनी विभिन्न प्रक्रियाबाट गुज्रनेछन् । यस प्रक्रिया अन्तर्गत सबैभन्दा पहिले पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदा उनलाई यातना दिए नदिएको जाँच हुनेछ ।

त्यसपछि भारतीय वायुसेनाको एक समितिले उनको विमान दुर्घटना हुनु अघिको अवस्थाको ससानो डिटेल सोधेर, त्यो समयको एक चित्र बनाउनेछ । यसमार्फत पाकिस्तानी पक्षको तयारी तथा तत्परताबारेमा अनुमान गर्न सहयोग पुग्नेछ ।

अन्त्यमा गुप्तचर एजेन्सीहरुः ‘र’, आइबी र विदेश मन्त्रालयले अभिनन्दनलाई सोधपुछ गर्नेछन् । यी सबै प्रक्रिया सकिएपछि उनलाई हवाईमार्गबाट दिल्ली लगिने कार्यक्रम छ

ratopati

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *