Loading...
पूर्वराजा ज्ञानेन्द्रको मधेश भ्रमण फागुन २२ बाट हुने, पहिलो भ्रमण जनकपुरबाट हुने पक्का

काठमाडौं – दमकस्थित हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ । उहाँको पहिलो भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लाग्नुभएको हो ।

उहाँ केही दिन जनकपुर बसेर सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लाग्नु भएको हो । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको समाचार नेपाल समाचारपत्रमा छापिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *