
हो, मेरो लभ परेको छ
मेरो लभ उ सँग परेको छ
मेरो लभ उनि सँग परेको छ
मेरो लभ तिनीसँग परेको छ ।
मेरो लभ तिमीसँग परेको छ
मेरो लभ तपार्इ सँग परेको छ
मेरो लभ म आफैसँग परेको छ
मेरो लभ कोहिलिको कुहुँकुहुँ सँग परेको छ ।
मेरो लभ भरियाको पसिनाहरुसँग परेको छ
मेरो लभ नेपाल आमाको सपनाहरुसँग परेको छ
मेरो लभ देश बनाउने शहिदहरुसँग परेको छ ।
मेरो लभ बाँसुरिको धुनधुनमा
मादलुको तालतालमा
गीतहरुको सुरसुरमा परेको छ ।
मेरो लभ हिमालको हिउहरुसँग परेको छ
मेरो लभ बगिरहेका नदिहरुसँग परेको छ
मेरो लभ झर्रझर्र गर्ने झर्नाहरुसँग परेको छ
वास्तममा मेरो लभयिनै
उकालि ओरालि ति भिरपाखाहरुमा
हरियालि सुन्दर वनपाखाहरुसँग परेको छ
मेरो लभ नेपाल सँग परेको छ ।
Facebook Comments