Loading...
फिफाको नियममा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो चरण सेमिफाइनलको खेल सुरु
कपिलवस्तु/संवाददाता फागुन १८ हरियाली युवा क्लब को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता को दोस्रो चरण सेमिफाइनलको खेल सुरु भएको छ ।जय बुद्ध र स्टार राइजिङ बीच कडा प्रतिस्प्रर्धा भएको खेलमा जय बुद्धले ३ गोल हानी विजय भएको छ ।
खेलकुद माध्यम बाट गाउँपालिकालाई पहिचान बनाउनु पर्ने विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा बताउदै अन्य क्षेत्रको विकास क्रमश भइरहेकोले खेलकुदलाई प्राथमिकतामा ल्याउन खेलको सुरुवात गरेको उनले बताए। खेलाडी राष्ट्रका गहना भएकाले खेलाडी उत्पादनका लागी गाउँपालिकामा हुने खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गरिने अध्यक्ष थापा बताए । सवै जातजाती भाषा धर्मलाई एकजुट बनाउन खेल आवश्यक रहेको भन्दै खेलको माध्यमवाट भाईचाराको सम्वन्ध स्थापित हुने उनले जिकिर गरे ।
गाउँपालिका खेल क्षेत्रमा पछाडी परेकोले यस्ता प्रतिस्पर्धाले खेलाडीहरुमा उत्साह थपिने भएकाले अगामी दिनमा गाउँपालिका स्तरीय खेलमैदान बनाउने लक्ष्य रहेको जानकारी गरे । गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरमाको खेल मैदानमा सुरु भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेका ६ वटा अझै टिम बीच खेलहुने खेल संयोजक दुर्गा बहादुर दर्जीले बताए ।
विजयनगरमा रहेको संकरपुर ताल लगाएत अन्य पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा समेत खेल बाट टेवा पुग्ने वडा न ४ का अध्यक्ष तिलक राम कडेल ले विश्वास व्यक्त गरे। प्रतियोगितामा प्रथम हुनेलाई नगद पुरस्कार ५० हजार ,ट्रफि, प्रमाण पत्र, दोस्रोहुनेलाई नगद ३० हजार ट्रफि र प्रमाण पत्र रहेको खेल संयोजक दुर्गा बहादुर दर्जिले बताए ।
फिफाको नियमअनुसार खेलाइने फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेका टिमलाई ५ हजार , उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई मेडल रहेको दर्जिले बताए ।खेलमा १६टिम सहभागी भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *