Loading...
संघीय सरकारदवारा ५० करोड विशेष अनुदान, छोरी शिक्षा विमा कार्यक्रम प्रदेश भरि लागु

जनकपुरधाम, फागन १९ । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेशको ८ वटा पालिका बाट शुरु भएको छोरी शिक्षा विमा कार्यक्रम प्रदेश भरि लागु भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलनको आयोजना गरि माघ १ गते देखी नै लागु हुने गरि प्रदेश भरि लागु गरिएको घोषणा गर्नु भयो ।
प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत माघ १ गते पछि जन्मिएको बालिकाहरुलाई १ लाख २५ हजारको विमा गर्ने छन । सो विमाको लागि प्रदेश सरकारले प्रभु बैंक संग सम्झौता समेत गरि सकेको छ ।
प्रदेश सरकारले नवजात बालिकाको नाउमा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्ष पछि बैंकले बालिकालाई १ लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा विचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।
विमाको लागि नवजात छोरीको फोटो, आमा वा बुवाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी विमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवक समेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । देश भरि नै चर्चा पाएको बेटी पढाउ बेटी बचाउ कार्यक्रमको लागि संघीय सरकारले समेत ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *