Loading...
मधेशीहरुको बलिदानीबाट प्राप्त संघीयता बचाउन अदालत जाने मुख्यमन्त्री राउतको कडा चेतावनी

जनकपुरधाम, फागुन १९। मुख्यमन्त्री लालबाबु राउतले संघीयता विरोधी कुनै पनि गतिविधी आफुहरुलाई स्वीकार्य नहुने बताउनु भएको छ ।
चेतना नेपालद्वारा आज जनकपुरमा आयोजत संघीयता कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले सयौ मधेशी युवाहरुको बलिदानी बाट प्राप्त संघीयता समाप्त गर्ने षडयन्त्र कहि कतै बाट भए त्यस्ता गतिविधी विरुद्ध प्रदेश सरकार अग्रणी मोर्चामा खडा हुने उल्लेख गर्नु भयो ।
संघीय सरकारले आन्तरिक सुरक्षाको नाउमा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनु हुँदै मुख्यमन्त्री राउतले संविधान र संघियताको भावना विपरित ल्याइएको आन्तरिक सुरक्षा सम्बन्धि विधेयक आफुहरुले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनु भयो ।
संविधानको अक्षरशः पालना नै अहिले प्रमुख आवश्यकता रहेको जिकिर गर्नु हुँदै उहाँले संविधानको भावना विपरित कुनै पनि गतिविधि भए आफुहरु सडक र सदन मात्र नभई संवैधानिक अदालत समेत जाने चेतावनी दिनु भयो ।
प्रदेश सरकार विगतको विकास क्षेत्र नरहेको जिकिर गर्दै उहाँले प्रदेश सरकारले चाँडै आफनो शासन प्रशासन स्थापना गर्ने दावी गर्नु भयो ।
चेतना नेपालका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेकपाका नेता रामचन्द्रमण्डल, पूर्व सभासद डा. विजयकुमार सिंह, नागरिक समाजका असगर अलि सहितका वक्ताहरुले बोल्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *