Loading...
मातृकाले कम्युनिस्टको वृद्धभत्ता लिन्न भने, वीरेन्द्रले उमेर थप भन्दै सोधे- ‘नौ स’ भनेको के हो ?

=======================================
— मात्रिका पौडेल (२०७५ फागुन १९ गते प्रकाशित).
———————————————————————

१९ फागुन, काठमाडौं । आधुनिक नेपालको इतिहासमा ०५१ मंसिर १४ गते एउटा पहिलो रेकर्ड बनेको थियो । नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो पटक कम्युनिस्ट पार्टीले चुनाव जितेर सरकार गठन गरेको थियो । पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सहोदर दाजुभाइ बन्नु अर्को संयोग थियो ।

त्यही पहिलो कम्युनिस्ट सरकार अनि तीनै दाजुभाइले अर्को रेकर्ड राखे, जसलाई विपक्षीले समेत निरन्तरता दिन बाध्य भए । त्यो थियो- ७५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँ वृद्धभत्ता सरकारले दिने । र,त्यही वृद्धभत्ताका आर्किटेक्ट थिए-पहिलो कम्युनिस्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारी ।

संसारभर कम्युनिस्ट सत्ताहरु ढलिरहेको र नेपालमा समेत कम्युनिस्टले जिते भने ६० वर्षमाथिका बुढाबुढीलाई गोली ठोकेर मार्छन् भन्ने प्रचार गाउँ गाउँमा गरिएका बेला तत्कालिन नेकपा एमालेले सरकार बनाउने मौका पाएको थियो । ०५१ मंसिरको मध्यावधी निर्वाचनमा सत्तारुढ कांग्रेसलाई पराजित गर्दै एमाले ठूलो दलका रुपमा सत्तामा पुग्यो ।

बुढाबुढीलाई मार्छ भन्ने आरोप खेपेको पार्टीले बनाएका प्रधानमन्त्री मनमोहन अधिकारी र सहोदर भाइ भरतमोहन अधिकारी दुबैजना उमेरले ६० नाघेका थिए । त्यही सरकारले ल्याएको पहिलो बजेटमा बृद्दभत्ताको व्यवस्था गरियो । जेष्ठ नागरिकलाई निवृत्ति भत्ता दिनुपर्छ भन्ने विचार र कार्यक्रमलाई पारित गराउने पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अब सम्झनामा सीमित भएका छन् ।

पार्टी बैठकभित्र के भयो भनेर सोध्नसाथ उनको एउटै जवाफ हुन्थ्यो- हलो,..मैले सुनिन है । जतिपटक सोधे पनि उनी ‘ल है त’ भनेर फोन ढ्याक्क राख्थे । त्यसैले पत्रकारले औपचारिक सूचनामा कोट गर्ने बाहेक भरतमोहनसँग अनौपचारिक सूचना पाउने अपेक्षा नै राख्दैनथिए । तर, विपक्षीलाई प्रहार गर्ने वा नीतिगत कुरा गर्ने सन्दर्भमा भने उनी पत्रकारका लागि सहज उपलब्ध हुने पात्र थिए.

पत्रकारसँग भरतमोहनका किस्सा:-

यो पंक्तिकारले पत्रकारिता शुरुआत गर्दा भरतमोहन लोकप्रिय र सफल अर्थमन्त्रीका रुपमा सरकारबाट बाहिरिँदै थिए । त्यसयता साप्ताहिक,दैनिक पत्रिका र टेलिभिजन हुँदै अनलाइनखबरसम्म आइपुग्दा उनीसँग निरन्तर संवाद चलिहन्थ्यो । समसामयिक विषयमा बोल्न मन लागेपछि उनी फोन गरिहाल्थे ।

‘मात्रिकाबाबु, मैले केही बोल्नैपर्ने भएको छ, फुर्सद छ भने घरमै आउनुस्’ उनको प्रायः संवाद यही हुन्थ्यो । रेकर्डर भरिञ्जेल पनि बोलिरहने र ‘पख्नुस, तपाईकोमा यो पनि जावस’ भनेर प्रसंगहरु थपिरहने उनको मौलिक शैली त्यो बेला एमाले र अर्थविट हेर्ने पत्रकारबीच सधैं चर्चामा हुन्थ्यो । उनको अर्को मौलिकता के पनि थियो भने, पार्टीभित्रका विवादका विषयमा उनी कहिल्यै बोल्दैनथिए ।

तत्कालीन एमालेमा ठूला ठूला विवाद हुँदा स्थायी कमिटी बैठक बस्थे । स्थायी कमिटी सदस्यहरु प्रायः मिडिया सम्पर्कमा नरहँदा सबै पत्रकारको गन्तव्य हुन्थे भरतमोहन । त्यो बेला उनी कलंकीमा डेरा बस्थे । उनको घरको फोन प्रायः एक घण्टीमै उठ्थ्यो । पत्नी सविता वा पीए गणेशले उठाएर उनलाई दिन्थे ।

तर, पार्टी बैठकभित्र के भयो भनेर सोध्नसाथ उनको एउटै जवाफ हुन्थ्यो- हलो,..मैले सुनिन है । जतिपटक सोधे पनि उनी ‘ल है त’ भनेर फोन ढ्याक्क राख्थे । त्यसैले पत्रकारले औपचारिक सूचनामा कोट गर्ने बाहेक भरतमोहनसँग अनौपचारिक सूचना पाउने अपेक्षा नै राख्दैनथिए । तर, विपक्षीलाई प्रहार गर्ने वा नीतिगत कुरा गर्ने सन्दर्भमा भने उनी पत्रकारका लागि सहज उपलब्ध हुने पात्र थिए ।

उनी पत्रकार भनेपछि कुरा गर्थे । तर, त्यही पत्रकारले पटक-पटक उनीसँग परिचय दिनुपथ्र्यो । नामसम्म सम्झिए पनि अनुहार बिर्सने उनको बानी पत्रकारहरुबीच अर्को चर्चित किस्सा थियो । कयौं पटक उनले यो पंक्तिकारलाई फोन गरेर बोलाउँथे । तर, घरभन्दा बाहिर वा भीडभाडमा भेट्दा आफूले चिनाउनुपथ्र्यो । यद्यपि पछिल्लो समय यो पंक्तिकारको हकमा उनको त्यो समस्या रहेन ।

प्रायः शीर्ष र शक्तिशाली नेताहरु जोसुकै पत्रकारसँग कुरा गर्दैनन् । अनौपचारिक सूचना लिन त पत्रकार र ती नेताबीच वर्षौं पूरानो सम्बन्ध र विश्वास हुनुपर्छ । भरतमोहन भने सबै पत्रकारका लागि उपलब्ध हुने नेता थिए । तर, उनीबाट औपचारिक सूचना वा ‘कोट’ वा टेलिभिजनले ‘बाइट’ पाउने बाहेक भित्री सूचनाहरु पाउन सम्भव थिएन ।

गोपनियता कायम गर्ने स्वभावकै कारण अधिकारी पार्टीभित्र सधैं नेतृत्वको विश्वासमा रहे भने गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सूर्यवहादुर थापा जस्ता विपक्षी नेताहरुको पनि विश्वास जितेका नेता थिए ।।

मातृकाप्रसादले “कम्युनिस्टको वृद्धभत्ता लिन्न” भने:-

तीन महिनाअघि अनलाइनखबरकर्मी भरतमोहनको सानेपास्थित निवासमा पुग्दा उनी घरको छतबाट हाम्रो बाटो हेरिरहेका थिए । कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकारले ९ पार गरेको सन्दर्भमा हामी पहिलो कम्युनिस्ट सरकारका अर्थमन्त्री अधिकारीसँग त्यो नौ महिना र यो नौ महिनाको समीक्षा गर्न चाहान्थ्यौं । उनले त्यो नौ महिने सरकारले वृद्धभत्ता शुरुआत गर्दाको क्षण यसरी सम्झिएका थिए-

हामीले लोककल्याणकारी राज्य के हो भनेर मोडल प्रस्तुत गर्न खोजेका थियौं । लोककल्याणकारी राज्य भनेकै के हो भने, ठूला विकासका परियोजनाहरु बन्नुपर्छ र सँगसँगै गाउँघरका कुवा पनि बन्नुपर्छ । लोककल्याणकारी राज्यमा हरेक नागरिकलाई लोकतन्त्रको अनुभूति हुनुपर्छ । त्यहि भएर मैले बुढाबुढीलाई बृद्धभत्ता दिन शुरु गरेको हो ।

त्यो बेला बृद्धभत्ता शुरु गर्दा हामीले धेरै ठूलो अवरोधको सामना गर्नुपरेको थियो । कांग्रेस र राप्रपाले हंगामा मच्चाए । संसदलाई मलाई कुटौंला जस्तो गरे । राज्यको पैसा कनिका छरेको आरोप लगाए । हिसाब किताब राख्न नजान्ने मान्छेलाई गाउँ-गाउँमा पैसा पठाउने ? भनेर ठूलो आलोचना भयो ।

त्यो बेला स्थानीय निकायमा कांग्रेसको बर्चश्व थियो । उसले आफ्ना निर्वाचित गाविस अध्यक्षहरुलाई एमालेले दिएको बजेटले विकास नगर्नू भन्यो । मातृकाप्रसाद कोइराला भूपू प्रधानमन्त्रीले यो कम्युनिस्टले दिएको बृद्धभत्ता लिन्न भने । उनको वक्तव्य नै आयो । आम जनतामा राम्रो छाप परेपछि अरुले बिरोध गरेको अर्थ नहुने रहेछ ।

बरु मलाई राजा वीरेन्दले चाहिँ बृद्धभत्ता दिने कुरा ठीक छ, तर उमेर चाहिँ ७५ बनाऊ भनेर सुझाव दिए । हाम्रो प्रस्ताव ७० वर्षका लाई दिने भन्ने थियो । राजाले ७५ गर्नुस यो राम्रो कार्यक्रम हो, तर अहिले शुरुवात चाहिँ ७० बाट नगर्नुस भने । त्यही सुझाव मानेर हामीले ७५ वर्ष पुगेकाबाट शुरु गरेको हो बृद्धभत्ता ।

राजा वीरेन्द्रले रुचाएको नौ “स”:-

एमालेका त्यही सरकारले कालिगण्डकी जलविद्युत आयोजना शुरु गरेको थियो । सँगसँगै ‘नौ स’ नामको नयाँ कार्यक्रम पनि ल्याएको थियो । देशमा पूर्वाधारको विकास,ठूला जलविद्युत आयोजनाको विकास जति जरुरी छ त्यतिनै गाउँमा साना सिन्चाइ कुलो बन्नु पनि जरुरी छ भनेर उनले यो कार्यक्रम ल्याएको अनलाइनखबरसँग बताएका थिए ।

अधिकारीले भनेका थिए- यो कुरा तत्कालीन राजा वीरेन्द्रले पनि खुब चाख मानेका थिए । त्यो बेला बजेट पेश गर्नुअघि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई लिएर राजाकहाँ जानुपर्ने र बजेटका मुख्य शीर्षकबारे जानकारी दिनुपर्ने प्रचलन थियो । मनमोहनजीले मलाई लिएर दरबारमा जानुभयो । मैले नौ स को कुरा गरेपछि राजाले यो नौ स भनेको के हो मन्त्री ? भनेर सोधे ।

मैले भनें- हरेक निर्वाचन क्षेत्रलाई सवा करोड दिने भएँ । त्यसबाट तीन सवा तीन अर्ब जाने भयो गाउँमा । यसको अर्थ के भने कालिगण्डकी परियोजना पनि बन्नुपर्‍यो र गाउँमा पनि कुलो बन्नुपर्‍यो । कालिगण्डकी पनि बनोस,बर्दियाकी एउटी महिलाले मेरो खेतमा पनि कुलो आउँदैछ भन्ने अनुभूति गरुन् ।

लोककल्याणकारी राज्यले ठूला पूर्वाधारमात्र होइन आम मान्छेको आवश्यकतामा पनि ध्यान दिनुपर्छ भनेपछि राजाले नौ स मलाई मन परेको कार्यक्रम हो भने । तर हामीलाई त भदौमा हटाइहाले । शेरबहादुर प्रधामन्त्री भए, रामशरण महत अर्थमन्त्री भए । रामशरणले संसदमै कुर्ली कुर्ली ‘भरतमोहनको नौ स खारेज गरेको छु’ भने ।

गाउँ विकासको आधारशीला:-

नेपालको इतिहासमै तत्कालिन एमाले नेतृत्वको ९ महिने अल्पमतको सरकारलाई सुशासन र जनपक्षीय कामका हिसाबले सबैभन्दा सफल सरकारका रुपमा लिइने गरिन्छ । त्यही सरकारले पहिलोपटक आफ्नो गाउँ आफैं बनाउँ भन्ने नविन कार्यक्रम सहित प्रत्येक गाविसमा ३ लाख रुपैयाँ विकास बजेट पठाएको थियो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारसँग मनमोहन र भरतमोहन अधिकारी परिवारको पारिवारिक नाता थियो । देशका तीन प्रधानमन्त्री जन्माउने पिताजी कृष्णप्रसाद कोइरालाका भान्जाका छोरा थिए भरतमोहन
नेपालका गाउँपाखामा धारा, कुलो पैनी र धुले सडक निर्माणको जग त्यहि बजेटले निर्माण गरेको थियो । यसका साथै ९ सको कार्यक्रम अर्को नयाँ प्रयोग थियो । त्यही सरकारको नेतृत्व गरेका कारण मनमोहन अधिकारी आजपर्यन्त स्मरणीय छन् । र, त्यो सरकारलाई लोकप्रिय बनाउने बजेट र कार्यक्रमका प्रणेता थिए भरतमोहन ।

त्यसबेला प्रमुख प्रतिपक्षले कम्युनिस्ट सरकारमाथि राष्ट्रको ढुकुटी कनिका छरेको जस्तो गाउँ गाउँमा बाँडेको आरोप लगाएको थियो । तर, ९ महिनापछि बनेको गैरकम्युनिस्ट सरकारले पनि भरतमोहनले ल्याएका बजेट कार्यक्रम खारेज गर्न सकेन । गाउँ गाउँमा ३ लाख होइन ५ लाख र वृद्ध भत्ता १ सयबाट २ सय बनाउन कांग्रेस बाध्य भयो ।

यदि सरकारले योजना बनाएर लोककल्याणकारी कार्यक्रम ल्याउने हो भने विपक्षले पनि त्यसलाई निरन्तरता दिन बाध्य हुन्छ भन्ने उदाहरण स्थापित गरेका थिए अधिकारीले । अर्थतन्त्रमा सुधार ल्याउने अर्थमन्त्रीका रुपमा भरतमोहनलाई सबैले सम्झिनेछन् ।

एमालेले पटक पटक सरकारमा जाने मौका पाउँदा भरतमोहन प्रायः छुटेनन् । उनी उपप्रधानमन्त्री सहित चारपटक अर्थमन्त्री भए । तत्कालीन नेकपा एमालेमा सधैं उनी प्रभावशाली नेताका रुपमा रहे । ०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेर हद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश भए ।

कोइरालाका नातेदार, भाकपाका सदस्य:-

नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारसँग मनमोहन र भरतमोहन अधिकारी परिवारको पारिवारिक नाता थियो । देशका तीन प्रधानमन्त्री जन्माउने पिताजी कृष्णप्रसाद कोइरालाका भान्जाका छोरा थिए भरतमोहन । महोत्तरीको भ्रमपूरा गाउँमा विसं १९९३ वैशाख २२ गते जन्मिएका थिए भरतमोहन अधिकारी । कोइराला परिवारले स्थापना गरेको आदर्श विद्यालय विराटनगरमा उनले प्रारम्भिक शिक्षा लिएका थिए ।

दाजुहरु मनमोहन, कृष्णमोहन र जगमतमोहनपछि उनी जन्मिएका थिए । उनकी वहिनी सुशीला अधिकारी जीवितै छिन् । २००७ सालको क्रान्तिका बेला भरतमोहन कम्युनिस्ट पार्टीको सदस्य भइसकेका थिए । उनले नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघि नै भारतीय कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । किनकी त्यो बेला उनी पढ्नका लागि भारतमा थिए ।

उनले सन १९५२ मा १६ बर्षको उमेरमा भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएको उल्लेख गरेका छन् । अधिकारी विसं २००८ मा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष थिए । उनकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड ढुंगाले हानेर कुच्याएर आदर्श स्कुलको बोर्ड राखिएको थियो ।

नेपालमा राणा शासन ढलेपछि उनी नेकपाको सदस्य बने । ०१३ सालदेखि ०७१ सम्म लगातार करीव ६० वर्षसम्म कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वमा रहेका अधिकारी दोस्रो संविधानसभासम्म जनप्रतिनिधिका रुपमा पनि थिए । उनी २०४८, ०५१ र ०५६ मा लगातार मोरङबाट सांसद जिते । ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएपछि उनले प्रत्यक्ष निर्वाचनमा भाग लिएनन् ।

पहिलो पुस्ताका कम्युनिस्ट:-

अधिकारीले वि.सं. ०१५ मा कम्युनिष्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निभाएका थिए । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र बिरुद्ध कु गरेपछि उनले सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रवृत्ति त्यागेर सकृय राजनैतिक संघर्ष रोजेका थिए । अधिकारीले ०१८ सालदेखि कोशी प्रान्तिय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका थिए ।

भरतमोहनका समकालीन नेता कोइराला परिवारका एकमात्र कम्युनिस्ट कमल कोइरालाका अनुसार उनी साइकल चढेर गाउँ-गाउँमा कम्युनिष्ट पार्टीको पर्चा वितरण गर्थे । तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले ०१९ मा नेकपाको तेस्रो महाधिबेशन गराउन पहल गरेका थिए । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्य सहित देशभरबाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए ।

अधिकारी विवादमा परेको अर्को प्रसंग चाहिँ अन्तिमपटक अर्थमन्त्री हुँदाखेरि हो । मन्त्रीको दबाव थेग्न नसकेको भन्दै तत्कालीन अर्थ सचिव रामेश्वर खनाल अकास्मात राजीनामा दिएर ‘भूमिगत’ भए । यद्यपि मन्त्रीसँग के विषयमा विवाद परेको थियो र कुन दबाव थेग्न सकिन भन्ने कुरा खनालले अझैसम्म खुलाएका छैनन्
अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भए । ०४७ सालमा तत्कालीन माले र मार्क्सवादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि उनी चिनिन्छन् । ०४६ को पञ्चायत विरुद्धको आन्दोलनमा उनले बाम मोर्चा गठनमा सक्रृय रुपमा भूमिका खेलका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण गरेपछि पञ्चायत विरुद्धको आन्दोलन सफल भएको थियो ।

नेकपा एमालेको पाँचौं, छैठौ, सातौं र आठौं महाधिबेशनबाट उनी लगातार स्थायी समितिमा निर्वाचित भएका थिए । ०७१ को नवौं महाधिबेशनबाट उनले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए । पटक-पटक मन्त्री भएका उनले अर्थ, कानुन, निर्माण तथा यातायात मन्त्रालय सम्हालेका थिए ।

भरतमोहन अधिकारी चारपटक अर्थमन्त्री बन्दा दुईपटकमात्र विवादमा परे । तत्कालीन राजा ज्ञानेन्द्रले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि आन्दोलनरत एमाले प्रतिगमन आधा सच्चियो भन्दै ०६० सालमा देउवा सरकारमा गयो । त्यो बेला नेपाली कांग्रेस बिभाजित थियो । गिरिजाप्रसाद कोइरालाले देउवालाई स्वीकार गरेनन् ।

एमालेको जीवनमा देउवा सरकारमा सहभागी हुने निर्णय आजसम्म पनि गम्भिर भूल बनिरहेको छ । त्यही प्रतिगमन आधा सच्चिएको सरकारमा भरतमोहन अर्थमन्त्री हुँदा तत्कालीन शाहजादी हेलेन शाहलाई उपचार खर्च भनेर डेढ करोड दिने निर्णय मन्त्रिपरिषदले गर्‍यो । दरवारको दबाबमा देउवाले सो निर्णय गराए पनि भरतमोहन अर्थमन्त्री थिए ।

अधिकारीले पाँचतारे होटल अन्नपूर्णकी मालिकसमेत रहेकी हेलेनलाई उपचार खर्च दिने प्रस्ताव लैजान मानेनन् । तर, दरवार र देउवाका सामू आफू निरीह बनेको उनले आत्मकथामा पनि लेखेका छन् । उनले सो निर्णय हुनुपूर्व तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई यस्ता निर्णयको कलंक बोक्नुभन्दा सरकार छाडौं भन्ने प्रस्ताव समेत राखेको लेखेका छन् ।

अधिकारी विवादमा परेको अर्को प्रसंग चाहिँ अन्तिमपटक अर्थमन्त्री हुँदाखेरि हो । मन्त्रीको दबाव थेग्न नसकेको भन्दै तत्कालीन अर्थ सचिव रामेश्वर खनाल अकास्मात राजीनामा दिएर ‘भूमिगत’ भए । यद्यपि मन्त्रीसँग के विषयमा विवाद परेको थियो र कुन दबाव थेग्न सकिन भन्ने कुरा खनालले अझैसम्म खुलाएका छैनन् ।

भरतमोहन अधिकारी सक्रिय राजनीतिमा अवकाश भए पनि पार्टी र कम्युनिस्ट आन्दोलन तथा दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारलाई सफल बनाउन आफ्नो भूमिका खोजिरहेका थिए । उनले केपी ओली नेतृत्वको सरकार बनेपछि पटक-पटक प्रधानमन्त्रीलाई भेट्न खोज्दा पनि समय नपाएको गुनासो केही महिनाअघि अनलाइनखबरसँगै बताएका थिए ।

०४७ सालको संविधानका एक मस्यौदाकार समेत रहेका अधिकारी त्यसयता करीव २० वर्ष लगातार राजनीतिक शक्ति सन्तुलनको वरिपरि रहे । पार्टीमा सधैं उनको समन्वयकारी भूमिकाले अधिकारीलाई मूलधारमा राख्यो । माधव नेपाल नेकपा एमालेको महासचिव हुन्जेल विपक्षीसँगका वार्तादेखि राजासँग समन्वयमा समेत अधिकारी उनका प्रतिनिधि बनेर सहभागी हुन्थे ।

नेपाल एमालेको नेतृत्वमा हुन्जेल उनका दुई विश्वासिला नेता थिए अमृत बोहोरा र भरतमोहन अधिकारी । बोहोरा पार्टी संगठनमा र अधिकारी राज्यसत्ता तथा संसदीय संघर्षमा नेपालका प्रतिनिधि मानिन्थे । अहिले नेकपामा केपी ओलीले सुवास नेम्वाङलाई संसदीय मोर्चाको जिम्मेवारी सुम्पिए जस्तै माधव नेपालले अधिकारीले सुम्पिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *