Loading...
पाकिस्तानी प्रधानमन्त्री इमरानले फेरी देखायो महानता, गरे यस्तो घोषणा, भारतीयहरु झसंग

२ ० फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् ।

भारतीय वायुसेनाका पाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो । इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारे र शान्तिको पक्षमा काम गरेकाले उनलाई नोबेल शान्ति पुरस्कार दिलाउन का लागि अभियान नै शुरु भएको थियो भने त्यस अभियान अन्तर्गत अहिलेसम्म ३ लाखले हस्ताक्षर समेत गरिसकेका छन् ।

तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज ट्वीट गर्दै भनेका लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन । नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *