Loading...
नेकपाका नेता रबिन्द्र, भरत मोहन अधिकारी पछि फेरी अर्का नेता पण्डितको निधन, संख्या पुग्यो ४

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसांसद गणेश पण्डितको आज हृदयघातबाट निधन भएको छ ।

सत्तारुढ नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डितलाई नेकपाले गुमाएको
पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।

भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडाैं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *