
२१ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत लाइ जोडदार झट्का दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गरेका छन् । उनले भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने समेत घोषणा गर्नु भएको छ । भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले एक पत्र लेख्दै भनेका छन्,- ‘भारत सरकारसँग धेरै लामो कुराकानीपछि म यो कदम उठाइरहेको छु । भारतले अहिलेसम्म अमेरिकालाई आफ्नो बजारमा सहज पहुँच दिने आश्वासन दिएको छैन ।’”
सन् १९७० मा अमेरिकाले विशेष आयात नीति बनाएको थियो । यस अन्तरगत अमेरिकामा भारत र टर्कीलाई विकासशील देशका रुपमा विशेष ग्राह्यता दिइएको थियो ।
Facebook Comments