
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीकी सांसद आशाकुमारी विकले कण्डम निःशुल्क गरेको तर प्याडको किन पैसा तिर्नु पर्ने भन्दै संसदमा प्रश्न गरेकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाकी सांसद विकले यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन – ‘कण्डमलाई सरकारले फ्रि गरेको छ तर छोरी चेलीले लगाउने प्याड निशुल्क छैन सभामुख महोदय, यसलाई पनि सरकारले विद्यालयमा निशुल्क प्याड वितरणको कार्यक्रम लैजानुपर्छ ।’
उनले खानेपानी पूर्वाधार र सरसफाईको कार्यक्रमलाई सँगै लानुपर्ने समेत बताएकी छिन् ।
Facebook Comments