Loading...
गायत्री अश्वमेध महायज्ञको समापनबाट केपी ओली आउट मुख्यमन्त्री राउत इन, यस्तो छ कारण !

२२ फागुन, वीरगञ्ज । वीरगञ्जमा सञ्चालित गायत्री अश्वमेध महायज्ञको समापन प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि गद्दीले महायज्ञको समापन गरेका हुन् । प्रधानमन्त्री ओलीले समापन गर्ने कार्यक्रम भएपनि नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल भर्ना भएपछि उहाको वीरगञ्ज भ्रमण रद्द भएको थियो । महायज्ञ आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले प्रधानमन्त्री ओलीले पठाएको सन्देश पढेर सुनाएका थिए ।

महायज्ञले विश्वमा शान्ति र समाझदारीको भाव फैलाओस् भन्ने कामना प्रधानमन्त्रीले आफ्नो सन्देशमा गरेका थिए । समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले भौतिकवाद र सम्पत्ति मोहमा रहेको पुरै विश्वलाई महायज्ञले मानवताको सन्देश दिने दावी गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *