
२ फागुन, काठमाडौं । टीकापुर घट्नामा दोषी ठहर भएर जन्मकैदको सजाय पाएका सांसद रेशम चौधरीको सांसद पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद गुम्ने भएको हो ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । चुनाव लडेर चौधरी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीलाई विपक्षी बनाइएको थियो । जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी आभुषण तिमल्सिनाका अनुसार जिल्लाको सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिन उच्च सतर्कता अपनाइएको हो ।
Facebook Comments