
थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत भएको बताएको छ ।
दुई तिहाई बहुमत हुंदाहुंदै पनि संविधान संसोधन नगरेको, मधेश र थरुहट आन्दोलनका बन्दिहरुको रिहाई नगरेको, उनीहरु माथी लगाईएका झुट्ठा मुद्दा फिर्ता नलिएको, घाईतेहरुको उपचार नगराएको, बेरोजगारी समस्याको समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असीना एवं बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्तको लगायतको बलात्कारी र हत्यारालाई कार्रवाही नगरेको,शान्ति सुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, राज्यको हरेक अंगमा दलियहितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने र समग्रमासरकारको एक वर्षे कार्यकाल पुर्णतःअसफल रहेको राजपा नेपालको ठहर रहेको छ ।
त्यसर्थ सरकारलाई समर्थन दिईरहनुको औचित्य नरहेकोले राजपा नेपालले के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई दिइ आएको समर्थन आजकै मितिबाट फिर्ता समेत लिएको छ ।
त्यसै गरि शोषण, उत्पीडन र बिभेदका बिरुद्ध, पहिचान, अधिकार र सम्मानकालागी संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समुहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपालले आह्वान गरेको छ ।
Facebook Comments