Loading...
राजपाले समर्थन फिर्ता लिनासाथ आन्दोलन हुने निश्चित, फेरी ओलीलाइ मधेश छिर्न गाह्रो

रेशम लाल चौधरी लाइ आजीवन कैद को फैसला हुन साथ् आज बाट राजपा नेपाल ले सरकार लाइ दिएको समर्थन फिर्ता लिएको छ अब राजपा ले आन्दोलन गर्ने अर्थात बिद्रोह गर्ने निश्चित रहेको राजपा का नेता राजेन्द्र महतोले दाबी गर्नु भएको छ यदि आन्दोलन हुने हो भने प्रधान मन्त्रि लाइ मधेश छिर्न गाह्रो हुने निश्चित छ राजपाले निकालेको बिज्ञप्ति यस्तो कडा रहेको छ ।

प्रेस विज्ञप्ति

१) थरुहटआन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलालचौधरी लगायतकाआन्दोलनकारी नेता, कार्यकर्ताहरुलाईकैलालीजिल्लाअदालतले गरेको आजिवनकारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध रमर्माहतबनाएको छ ।

२) दुई तिहाई बहुमत हुंदाहुंदै पनि संविधान संसोधननगरेको, मधेश र थरुहट आन्दोलनकाबन्दिहरुको रिहाईनगरेको, उनीहरुमाथीलगाईएकाझुट्ठा मुद्दा फिर्ता नलिएको, घाईतेहरुको उपचार नगराएको, बेरोजगारी समस्याको समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असीनाएवं बाढीपीडितलाई राहतनदिएको, निर्मलापन्तकोलगायतको बलात्कारी र हत्यारालाई कार्रवाहीनगरेको,शान्तिसुरक्षाकायमगर्न नसकेको, सन्तुलित परराष्ट्र नीतिअबलम्बननगरेको, राज्यको हरेक अंगमादलियहितको पक्षपोषण मात्रगरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखीबनाई राख्ने र समग्रमासरकारको एक वर्षे कार्यकाल पुर्णतःअसफलरहेको पार्टीको ठहर छ ।
त्यसर्थ सरकारलाई समर्थन दिईरहनुको औचित्य नरहेकोले राजपा नेपालले के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ ।

३) शोषण, उत्पीडन र बिभेदका बिरुद्ध, पहिचान, अधिकार र सम्मानकालागी संघर्षरत बिचार मिल्ने अधिकारवादीएवं पहिचानवादी पार्टी, संगठन एवं समुहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपालआह्वानगर्दछ ।

४) २०७५ फाल्गुन १० गते देखि १८ गतेसम्मजनकपुरधाम, विराटनगर, नेपालगंज र भैरहवामा सम्पन्न राजपा नेपालका केन्द्रियअध्यक्ष मण्डलसंग पार्टी आबद्ध प्रदेश नं.२ कामन्त्रीएवं राज्यमन्त्री, संघीय संसद सदस्यएवं प्रदेश सभा सदस्य, प्रदेश सरकार समन्वय समितिका सदस्य, जिल्लाअध्यक्ष मण्डलका संयोजकएवं सदस्य, जिल्ला समन्वय समितिकाप्रमुखएवं उपप्रमुख, नगरपालिकाकाप्रमुखएवं उपप्रमुख, गाँउपालिकाकाअध्यक्षएवं उपाध्यक्षलगायतको नेताएवं पदाधिकारी संग सम्पन्न चरणबद्ध एवं विस्तृत विचार विमर्शको सम्बन्धमा निर्णय गर्न अध्यक्ष मण्डलको बैठक जारी छ ।

(मा. महेन्द्र राययादव)
संयोजक
अध्यक्ष मण्डल, राजपा नेपाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *