Loading...
धेरै पत्नी साथमा भएपछि राजालाई जबाफ दिन गाह्रो, फर्किएर पत्नीलाइ सोध्दा यस्तो थियो जवाफ

बबिता बस्नेत

एकादेशका एक राजालाई मृत्युको मुखमा पुगेको बेला एउटा प्रश्न गरिएछ—‘महिलाहरु के चाहन्छन?’ जबाफ दिन सक्यौ भनें तिमी बाँच्ने छौ । धेरै पत्नी साथमा भएपनि राजालाई जबाफ दिन गाह्रो भएछ र केही समय मागेछन । यमराजले उनलाई एक बर्षको समय दिएछन । फर्किएर उनले पत्नीहरुलाई सोधे, फरक फरक जबाफ पाए । आफन्त, नातेदार, साथीहरु, कर्मचारी, सेना वरीपरी जो थिए ति सबैलाई सोध्दा पनि एउटा निश्चित जबाफ नपाएपछि मृत्युको समय नजिक आएर हतास भएका राजालाई कसैले भनेंछन—उ त्यो पल्लो गाउँको एकान्त झुपडीमा एक बृद्ध महिला बस्छिन, उनलाई धेरै कुरा थाहा हुन्छ, यसको जबाफ पनि शायद उनैले दिन सक्छिन । राजा आफ्ना छोराका साथ झपडीमा पुग्दा हेर्दै डर लाग्दी, दाँत बाहिर निस्किएकी, कपाल ठाडो भएकी, समग्रमा भुतको इमेजकी महिलालाई देखेर डराउँदै जम्ला हात जोडेछन । राजालाई देखेर उनले मलाई थाहा छ, तिमी यहाँ किन आएका हौ भन्दै जबाफका लागि राजाका छोरा राजकुमारसंग आफ्नो बिवाह गरिदिनु पर्ने शर्त राखिछन । राजालाई फसाद प¥यो, त्यस्ती महिलासंग आफ्नो राजकुमारको बिवाह कसरी गर्ने? संगै गएका छोराले बाबुको जीन्दगीका लागि शर्त मञ्जुर गरेछन ।
——————————
हेर्दै डर लाग्दी ति बृद्ध महिलालाई राजदुलहीका रुपमा घुम्टोले मुहार छोपेर भित्र्याइयो । कोठामा उनलाई छोडेर बाहिर निस्किएका राजकुमार राती फर्किदा भरखरकी, राम्री, दुलहीको श्रंगारमा सजएकी राजकुमारी छवीकी युवतीलाई ओछ्यानमा देखेर राजकुमार छक्क परे र सोधें, तपाई त्यस्ती हुनुहुन्थ्यो, अहिले यस्ती कसरी हुनु भो? उनले भनिन–म दिन या रात दुइ मध्ये एक मा यो रुपमा रहन सक्छु, तपाई म दिउँसो यस्ती हुँ भन्ने चाहनु हुन्छ कि राती? तपाई जे चाहनुहुन्छ, त्यही हुन्छ ।
—————————
राजकुमार रोज्न सक्ने अवस्थामा थिएनन । दिउसो भनुँ आफुले भुतको इमेजकी महिलासंग रात बिताउनु पर्ने, राती भनुँ राजकुरमारीका रुपमा संसारलाई चिनाउनु पर्ने । जबाफमा राजकुमारले भनें–शरीर तिम्रो हो, चाहना पनि तिम्रै हुनु पर्छ, तिमीलाई जे इच्छा र सही लाग्छ त्यही गर । तिम्रो निर्णय मलाई स्वीकार्य छ ।
—————————
त्यसपछि ति महिला ओछ्यानबाट उठेर राजकुमारको हात समाउदै भनिछन– नराम्रो हुने या गर्ने रहर कसलाई हुन्छ र? म दिन र रात दुबै समय यही रुपमा तिमीसंग हुनेछु । म कतिबेला के बन्ने, कस्तो बन्ने, मैंले के गर्ने, के नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार दिएर तिमीले मेरो स्वतन्त्र अस्तित्व र आत्मसम्मानको रक्षा ग¥यौ, म के चाहन्छु भनी मेरो रोजाईको सम्मान ग¥यौ । राजकुमार, बुवा महाराजलाई भनिदेउ, महिलाहरु यही चाहन्छन । 

ghatana ra bichaar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *