Loading...
फेरी देशमा आगो बल्दै, थरुहट समितिले आजैबाट आन्दोलन गर्दै, राजपाले सहयोग गरे देश अशान्त

काठमाडौं, २४ फागुन- थरुहट-थारुवान संयुक्त संघर्ष समितिले रेशम चौधरीलगायत ११ जनालाई दिएको जन्मकैदको फैसलाविरुद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

समितिले आज ३ बजे माइतीघर मण्डला र मधेशका सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । विरोधको स्वरूप भने शान्तिपूर्ण हुने समितिले जनाएको छ ।

भावी आन्दोलनको रूपरेखा तयार पार्न आउदो शनिबार थारु कल्याणकारिणी सभा र समितिबीच बृहत बैठक गरिनेछ समितिले जनाएको छ भने टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायीक समिति, सर्वदलिय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आायोगको प्रतिवेदनहरु सार्वजनिक नगरी जिल्ला अदालत कैलालीले फैसला गरेकोमा खेद प्रकट समेत गरेको छ ।

थरुहट संघर्ष समितिले आन्दोलन आजै बाट गरेपनि अहिले राजपाले मौन रहेको छ राजपा नेपाल यदि आन्दोलन लाइ समर्थन गरे देश मा अशान्ति फैलिने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *