Loading...
ओली सरकारलाइ अर्को आपत: प्रदेश न. २ सरकारले आफनै प्रशासनिक अधिकारी राख्दै

जनकपुरधाम, फागुन २४ । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राखी सर्वशक्तिमान बनाउने तैयारी गरि रहेको बेला प्रदेश नं. २को सरकारले आफनै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयक पारित गरेको हो । उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरि आठ वटै जिल्लामा आफनै प्रशानिक अधिकारी राख्ने बाटो खुला हुने छ ।
मन्त्री परिषदको आजको बैठकले प्रदेश प्रशासन सम्बन्धि ऐनका साथै प्रदेश वन सम्बन्धि ऐन, प्रदेश उद्योग सम्बन्धि ऐन, प्रदेश पर्यटन सम्बन्धि ऐन समेतलाई पारित गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *