
४ फागुन, काठमाडौं । राष्ट्रबादको नारा दिएर जितेका नेकपाको सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । सिके राउतलाइ यस अघि सरकारले बिखण्डनकारी भन्दै आएको थियो भने सिके राउतले पनि स्वतन्त्र मधेश देशको माग गर्दै आएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो । मुलुकको अखण्डता सीके राउतले स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । हेर्न के बाकि छ भने यी दुवै फरक धार को नेकपा र सिके राउत के का लागि मिलेका हुन् र आउदा दिन हरु मा के के गर्ने छन् ।
२
Facebook Comments