
संघिय समाजबादी फोरम नेपाल निकट शुभेच्छुक संगठन संघिय प्रेस फोरम नेपालमा रौतहट पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह सहित एक दर्जन पत्रकारहरु प्रवेश गरेका छन् । संघिय प्रेस फोरमका जिल्ला अध्यक्ष किशोरी यादवको अध्यक्षतामा अाज गौरमा समप्न्न कार्यक्रममा उहाहरु अौपचारिक रुपले संगठन मा प्रवेश गरेका हुन् ।
रौतहट पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह सहित अन्य प्रवेश गर्ने पत्रकारहरुमा रौतहट पत्रकार महासंघका सहसचिव पुष्प राय यादव, कार्यकासमिती सदस्यहरु रश्मि पटेल, उमेश यादव लगायत एक दर्जन क्रियाशील पत्राकारहरु रहेका छन। प्रवेश गर्ने पत्राकारहरुलाई संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य एवं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले फुलमाला लगाएर संगठनमा स्वागत गर्नु भएको थियो ।
Facebook Comments