Loading...
एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुको विस्तारित बैठक सम्पन्न
अजय मिश्र /कपिलवस्तु  फागुन २६
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३जामिया सिराजुलवलुम अलसल्फीया को सभा हालमा एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तु को विस्तारित बैठक सोहि संगठनका अध्यक्ष लाल चन्द पाण्डेयको अध्यक्षतामा र उक्त संगठनका प्रदेश सदस्य डा.अब्दुलगनी अलकुफीको प्रमुख अतिथ्यतामा बसेको बैठक बाट संगठनको सदस्यता चैत्र मसन्त सम्म नविकरण गर्नु पर्ने र उक्त नविकरणका लागि विभिन्न नगरपालिका र गाउपालिकामा जिम्मेवारी वाडफाड गरिएको छ।सुवास कोहार लाई जिल्ला कार्य समिती को जिम्मेवारी समेत दिएको र जि.शि.महासंघ सह अध्यक्ष पदमा संगठन को कोषाध्यक्ष भोजराज अचार्य र सदस्य पदमा रहेका शिवप्रसाद अधिकारी लाइ शिक्षक महासंघ को सदस्य पदमा पठाइने साथै कृष्णनगर नगरपालिका वडा नं.३मा अवस्थित जामिया सिराजुलवलुम अलसल्फीया विद्यालय लाइ मुस्लिम विश्वविद्यालय स्थापना गर्न उक्त संगठन बाट आवश्यक सहयोग गर्ने जस्ता निर्णयहरु गरिएको उक्त संगठन का प्रदेश सदस्य मौलाना मसहूद खा नेपालीले जानकारी दिनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *