Loading...
फोरम नेपाल सिरहा जिल्ला अधिवेशनकालागि ब्यापक चहल पहल, अशोकको नाम अग्रपंक्तिमा

आशन्न महाधिवेशन लाई लीक्षत गरी हुन लागेको जिल्ला अधिवेशनमा भागलिने कार्यअनुरुप क्रियाशिल सदस्यता वितरण कार्य सम्पन्न भई अधिवेशनको मिति तोक्ने कार्य जिल्ला कार्यसमितिले गरिरहेको छ जिल्लाभरी लगभग दश हजारको हारा हारीमा क्रियाशील सदस्यता फरम संकलन गरी प्रदेश कार्यालयमा पठाइसकिएको र प्रदेश कार्यालयवाट प्रमाणिकरण भएर नआएको जानकारी जिल्ला इन्चार्ज अशेश्वर यादवले दिनु भएको छ । जिल्ला अधिवेशर्नकोलागी आवश्यक गृहकार्य भइरहेको जिल्ला अध्यक्ष वादल प्रसाद यादवले वताउनु भयो ।

जिल्ला अधिवेशन लाई लक्ष्ति गरी जिल्ला अध्यक्षको पनि दावेदारी प्रस्तुत हुन लागेको छ । अहिले चर्चामा आएअनुसार विगत प्रथम मधेश आन्दोलन देखी विद्यार्थी आन्दोलनमा होमिनु भएको युवा प्रखर वक्ता, प्रभावशाली, सालीन स्वभावका, नेतृत्वदायी भुमिका निर्वाहगर्न सक्ने क्षमता भएका पार्टिको हितमा कार्य गर्दै सम्पुर्ण चुनावमा पार्टिलाई जिताउने हरसम्भाव प्रयासमा लाग्नु भएको प्रतिभाशालि युवा नेता अशोक यादवको नाम अग्रपंक्तिमा रहेको छ र वहाँको सर्वसहमतिवाटै हुने सम्भावना पनि वलीयो रहेको जिल्लाका नेता कार्यकर्ताहरुको धारणा रहेको छ ।
यस सम्वन्धमा अशोक यादवसंग वुझ्दा आफुले अघिल्लो जिल्ला अधिवेशनमा समेत जिल्ला अध्यक्षको लागी दावेदारी पेश गरेको थिए तर एकताको जिल्ला अधिवेशन भएकोले आफुसहमतीको वाधक नवनी सहमतिमै छोडेकोले यसपाली सहमतीवाटै मैले नेतृत्व पाउनेमा विशवस्त रहेको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *