Loading...
माण्डव्य समाज नेपालको बैठक सम्पन्न

माण्डव्य समाज नेपाल केन्द्रिय समितिको बैठक कर्णाली प्रदेशको राजधानि सुर्खेमा सम्पन्न भएको छ ।
गत मंगलवार सुखेत जिल्लाको विरेन्द्रनगर नगरपालीकामा बसेको समाजको केन्द्रिय समितित बैठकले आगामी भैत्र २३ गते गरिने वाार्षिक साधारण सभालाई व्यवस्थि गर्नकालागि माण्डव्य समाज नेपाल सुर्खेत जिल्ला अध्यक्ष यदु प्रसाद ज्ञवालीको संयोेजकत्वमा साधारण सभा व्यवस्थापन समिति गठन गरेको छ । बैठकले जगत कटुवालको संयोजकत्वमा पाँच सदस्यि साधारण सभा व्यवस्थापन उपसमिति र गोविन्द प्रसाद भण्डारीको संयोजकत्वमा पाँच सदस्यि आर्थिक उपसमिति
समेत गठन गरेको छ ।

बैठकले तनहु देवघाटमा भएको समाजको दोस्रो राष्ट्रिय अधिवेशनका अवसरमा सुर्खेत निवासि समाजका कर्णाली प्रदेश अध्यक्ष उमानन्द भण्डारीले सुर्खेतको विरेन्द्रनगर नगरपालीकामा माण्डव्य आश्रमको लागी दान गर्नु भएको दुई रोपनि जग्गामा माण्डव्य आश्रमको शिलान्यास गर्ने र माण्डव्य आश्रकोलागी सो क्षेत्रमा कार्य अगाडी बढाउने निर्णय समेत गरेको छ ।
समाजले साधारण सभा अगावै समाजका जिल्ला अधिवेशन, पुनर्गठन, भेला तथा गठन हुन नसकेका जिल्लाहरुमा सम्पर्क विस्तार गरि जिल्ला भेला गर्ने र सबै जिल्ला र प्रदेशहरुबाट साधारण सभामा प्रतिनिधिहरुको उपस्थिति गराउने निर्णय समेत गरेको वताइएको छ ।
त्यसैगरि बैठकले समाजका केन्द्रिय अध्यक्ष हेमन्तराज माण्डव्य, समाजका वरिष्ठ सल्लाहकार तथा संस्थापक सचिव दुर्गा प्रसाद भण्डारी र समाजका आजिवन सदस्य खगेन्द्र भण्डारी कि ममतामयि माता कलुदेवि भण्डारीको असमायिक निधनप्रति गहिरो सोक प्रस्ताव पारीत गरेको छ ।

स्मरण रहोस माण्डव्य समाज नेपालले यस अघि कैलालीको टीकापुर नगरपालीका वडा नं १ सिचाई आयोजनाको कार्यालय परिसर संगै माण्डव्य आश्रमको सुरुवात गरि सो आश्रममा भगवति जालपा देविको मन्दिर निर्माण गरि सकेको छ भने तनहुको देवघाट क्षेत्रमा समाजको आफ्नै स्वामित्वमा रहेको पाँच रोपनि जमिनमा माण्डव्य आश्रमको शिलान्यास सहित निमार्ण कार्य प्रारम्भ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *