Loading...
महासंघको जिल्ला भेला सम्पपन्न

ः— हेमन्त माण्डव्य, कञ्चनपुर
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका४मा समाजवादी लोकताान्त्रिक ट्रेडयुनियन महाँसंघको प्रथम जिल्ला भेला सम्पन्न भएकोछ । महासंघका केद्रिय उपाध्यक्ष हेमन्तराज माण्डव्यको प्रमुख आथित्यमा भएको प्रथम जिल्ला भेलाले शिव शहादुर चौधरीको संयोजकत्वमा २१ सदस्यि कञ्चनपुर जिल्ला समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा धर्म बहादुर विश्वकर्मा, हरिलाल चौधधरी, पुष्कर चौधरी, विष्णु दहित, शम्मन राना, पञ्चराम वडायक, पार्वति चौधरी, विरशिंह राना, नारद डगौरा, देव कार्की, नरेश राजि, मनिषा राना, निर्मल पाण्डे, रामलक्ष्मण चौधरी, हिरा कोली, विमल शिंह,दुर्गा ऐर, वाग्मति धामी, बलीराम चौधरी र खेमलाल खुना रहेकाछन । भेला कार्यक्रममा अथितिहरु बास्मति राजि, विनोद चन्द, शिद्धराज सोति, अभिशेख शिंह, रमेश कुमाल लगायत रहेका थिए ।

कार्यक्रममा प्रमुख अथिति हेमन्तराज माण्डव्यले अहिलेको अवस्थामा श्रर्मीकहरुलाई अधिकारका बारेमा मात्र प्रशिक्षण, जानकरी र भाषण गरेर नहुने भएकाले अव श्रर्मीकहरुलाई अधिकारका साथसाथै श्रर्मीकको दायित्वका बारेमा पनि जानकारी गराउनु पर्ने र यस सम्वन्धमा प्रशिक्षीत गरिनु पर्ने विभिन्न शिपमुलक कार्यमा दक्षता हासिल गराउनमा पहल कदमी गरिनु पर्ने आवश्यक रहेको वताए । अवको समयमा जवसम्म श्रर्मीकहरुलाई इच्छाएको कार्यमा दक्षता हासिल गराउन सकिदैन तवसम्म टे«डयुनियनहरुको कुनै औचित्य नहरने र खाली अधीकारका नाममा श्रर्मीकहरुलाई गुमराहमा राखेर आफ्नो भोट बैंक बनाउने बाहेक अरु केहि नभएको वताए ।

प्रमुख अथिति माण्डव्यले अगाडी भने हाम्रो समाजवादी टे«डयूनिय महाँसंघ श्रर्मिकलाई श्रर्मिकका अधीकार मात्र नभई श्रर्मिकको दायित्वका बारेमा पनि पहल कदमि गरेर अगाडी बढिरहेको छ । यसका साथै हाम्रो महासंघले श्रर्मिकहरुलाई सम्वन्धित विषयमा दक्षता हासिल गराउने पक्षमा निरन्तर लागिरहको छ । नेपालमा रहेका केहि आइ.एन.जियो मुखि टे«डयुनियनहरुले श्रमिकका नाममा विदेशि डलर भित्र्याएर आफ्नो दुनो सोझ्याउने कार्य गरिरहेको छन भन्ने कुरा समेत वताए । नेपालका केहि टे«डयुनियनहरुले आफ्नै अफिसमा कार्य गर्ने श्रमिकहरुलाई समेत न्यूँनतम ज्याला समेत नदिएर श्रमशोषण गरिरहेकाछन । त्यस्ता टे«डयुनियनहरुबाट सचेत रहन समेत माण्डव्यले बताए ।

सो भेला कार्यक्रम शिव बहादुर चौधरीको अध्यक्षतामा भएको थियो भने सञ्चान दुर्गा ऐरले गरेकी थिइन त्यसैगरि स्वागत बलीराम चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *