Loading...
कैलालीको जोशिपुरमा बाटो भाँसिदै

— हेमन्त माण्डव्य, कैलाली
कैलाली जिल्लाको मध्यवर्ति क्षेत्र वौनिया भजनी सडक खण्ड अन्तर्गत जोशिपुर गाउँपालीका वाडा नं ७ भगतपुरमा पिच बाटो जिर्ण बन्दै गएरहेको छ ।

वौनिया भजनी सडक खण्ड अन्र्तगत सो स्थानमा करिव चार महिना अघि देखि नै पिच बाटो उप्किन सुरु भएको वताइन्छ । भजनी क्षेत्र र यस आसपासका साथै जोशिपुर लगायतका ट्याक्टर, टिपरहरु ढुंगा बालुवा लोड गरेर यसैैबाटोबाट चल्ने गर्दछन । यो बाटोमा ढुवानिका साधनहरु अनियन्त्रित तरिकाले चल्ने गरेकाले बाटोको दिन प्रतिदिन दयनिय अवस्था बन्दै गएको सो बाटो छेउका स्थानिय तथा प्रत्यक्ष दर्शि राजाराम चौधरी वताउछन । उनि भन्छन यहाँ प्रायजसो कुनै न कुनै त्यसमा पनि बढिजसो लोड टिपर र ट्याक्टर हरुनै फस्ने गरेकाछन । आफ्नो साधनहरु निकाल्छन तर कसैले पनि यसको मर्मत गरौ भनेर कहिल्यै सोच्दैनन सबैले मिलेर यस्को मर्मत गरेको भए त यो बाटो यस्तो हुदैहुदैनथ्यो ।

केहिदिन पहिले मात्रै यसठाउँमा एउटा लोड ट्याक्टर नराम्रोसंग फसेको थियो । ट्याक्टर पल्टेर खोलामा जाने अवस्था आएपछि जेसिवि मगाएर खोलाको बालुवा माटो हालेर आफ्नो ट्याक्टर निकाले त्यसपछि फेरि उस्तै अवस्थामा यो बाटो रहेको छ राजाराम चौधरीले वताए ।
गाउँपालीका र अन्य निकायले यस सम्वन्धमा केहि हल कदमि गरेका छैनन ? भन्ने सवाालमा अहिले सम्म गाउँपालीका र अन्य निकायबाट कुनै केहि पहल कदमि नभएको र सडक बिभागले पनि यस्तो अवस्था आउन्जेसम्म यस बाटोको बारेमा कुनै मतलव नगरेको स्थानियहरुले वताए ।

गाउँपालीकालाई पटक पटक भनेका छौ तर हाम्रो केहि लाग्दैन खाली भोट माग्ने बेला यस्तो र उस्तो गरौंला मात्रै भन्छन । हाम्रो कसले कुरा सुन्छ र हजुर एक वयोबृद्ध स्थानियले आफ्नो गुनासो पोखे ।

त्यसैगरि जोशिपुर बजार व्यवस्थापन समितिका सचिव केशव जोशिले अगुवा सन्देशलाई यसरी वताए महिनौ दिनदेखि यस ठाउँमा बाटो जिर्ण हुदै गइरहेको छ । हामिले गाउँपालीकालाई पटक पटक भनिरहेका छौ तर गाउँपालीकाले सुनिरहेको छैन । उनले अगाडी भने केहिदिन पहिला आएको वर्षात पछि त यस ठाउँमा बाटो झनै जिर्ण बन्दै गएको छ । यो बाटो १० टन क्षमताको लोड धान्न सक्ने अवस्थाको र सो भन्दा माथिको लोड यो बाटोमा गुडाउन नपाइने भएतापनि यस बाटोमा करिव ४० टन लोड राखेर दैनिक जसो निमार्ण ठेकेदारहरुका टिपरहरु लगायत ओभर लोडका ट्याक्टर चल्ने भएकाले यो बाटो चाडै जिर्ण हुनथालेको सचिव जोशिले वताए । हामिले यसकुराको जानकारि गाउँपालीकालाई गराउदापनि यस सम्वन्धमा कुनै सुनुवाई नभएको समेत सचिव जोशिले वताए ।

यस सम्वन्धमा हामिले जोशिपुर गाउँपालीका वडा नं ७ का वडा अध्यक्ष जंग बहादुर चौधरीसंग सम्पर्क गर्दा उनले भने बाटो भरखर बिग्रदै छ, त्यस्तो खराब भएको छैन । हामि त्यस कार्यकोलागि बजेट छुट्याउछौं । बजेट कहिले छुट्याउउनु हुन्छ र बाटोको मर्मत कहिलेसम्म गरिन्छ नि भन्ने सवालमा वडा अध्यक्ष चौधरी यसरि भन्छन हाम्रो वडासंग त्यस्तो कुनै बजेट छैेन । २६ गते आइतबार हाम्रो गाउँपालीकाको बैठक छ । म त्यो बैठकबाट भगतपुरमा जिर्ण भएको बाटोेकोलागी बजेट छुट्याएर इन्जिनियरको लागत इष्टमेटका आधारमा तत्काल सो बाटोको मर्मत गराउछु वडा अध्यक्ष चौभरीले वताए । यता गाउँपालीका अध्यक्ष रामकृष्ण चौेधरीलाई सम्पर्क गर्दा आफु व्यस्त भएकोले यस सम्वन्धमा कुनै जानकारी गराउन नसक्ने वताए । स्मरण रहोस जनताका प्रतिनिधिले जनताहरु कै सवालमा व्यस्ततामा रहेको वताउदै पन्छिन खोज्नु भनेको यो भन्दा अरु दुभाग्यपुर्ण कुरा के नै हुनसक्छ र ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *