
— माण्डव्य हेमन्त
हिन्दु परम्परा र सस्कृती अनुसार आजभोली होली यानिकि फागु चलिरहेको अवस्था छ । सवै हिन्दु धर्मावलम्विहरुले विभिन्न तरिकाले होली खेलेर मनाइ रहेकाछन । यो पर्वलाइ द्वापर युगमा श्रीकृष्णले चलाएको परम्पराको हिसावले लिइने गरीन्छ । यानिकि यो पर्व द्वापर युगिन सभ्यताबाट सुरु भै कालान्तरमा गएर यसले सामाजिक रुपको संस्कारिक चलनमा बलियो जडा गाडेको पाइन्छ । यस पर्वलाई विशेषगरी एकआपसमा भाइचारा, समावेशिता र सह–अस्तित्वको प्रतिकको रुपमा लिइन्छ । किनकि यो पर्व सबैले समान रुपमा गाना बजाना र रङ्गोली गरेर मनाउने गर्दछन । यसको मुल उदेष्य भनेको सबैको सह–अस्तीत्वका साथमा भातृत्व कायम गर्नु नै रहेको देखिन्छ । तर आजकालको समयमा यसलाइ कहि कतै बिकृतिको रुपमा परिणत गरेको पनि पाइन्छ । यस पर्वलाइ बिकृतिको रुपमा लैजानु भनेको नै हाम्रा सस्कृतिमाथि हामि आफैले धावा बोल्नु सरह नै हो । यसको बचाव हामि आफैले नै गर्नु पर्दछ ।
यसै शिलशिलामा पश्चिम नेपालको अछाम र अछामिले मनाउने होलीको छुट्टै पहिचान परिवेस र अवस्था रहेको छ । अछाम र अछामिले मनाउने होली कसरी कहिले सुरुभयो र कहाँबाट यो संस्कृतिको प्रारम्भ भयो भन्ने कुराको केही जानकारि हुन जरुरी रहेको छ । यसै संस्कृती र परम्परासंग जोडिएका साइमले ढोली को हुन ? यिनको बारेमा जान्नपनि त्यतीकै सान्दर्भिक कुरा रहेको छ । आऔं यिनै सस्कृति र व्यक्ति विशेष संग निहित रहेर यहाँ केहि चर्चा परिचर्चा गरौ ।
अछामी होली ः—अछाममा होली सताब्दियौ देखि चल्दै खेलिदै र मनाइदै आएको कुरा हाम्रो परम्पराले अनुमोदित गरिरहेको छ तर अछामी होली कहिले कसरी कुन समयबाट सुरुभयो भन्ने दुरुस्तै भन्न नसकिएतापनि वि.स. १७५० को आसपासमा अछामी राजा भान शाहीले हाल भारतको उत्तराखण्डमा पर्ने कुमाउ गढवालबाट आफ्नो पहिलो बिवाह गरेका थिए । तिनै भान शाही कि जेठि रानीले आफ्नो माइतीमा खेलिने पर्वलाइ अछाममा ल्याएर राजर्षी शैलिमा मनोरञ्जनकालागी खेलाउन सुरुगरेको भन्ने कुरा अछामी राजाको पुख्र्यौलिबाट थाहाहुन आउछ । यो अछामी होरीको सुरुवात मङ्गलशैन, ककलसाता, वैजनाथ र सुङ्गाली लगायतका क्षेत्र र ठाउँहरुमा राजर्षी ठाँटवाटका साथमा खेलिने गर्दथ्यो । यो कुरालाई धेरै इतिहासकारहरुले लेखिसकेको अवस्थापनि रहेकोछ ।
“कालो घोडा करहर मा¥यो तिर कमान । सेतो घोडा फरहर मा¥यो तिर कमान ।। घुघुरी आजैन बाजै की छैला …..आदि जस्ता गिति श्लोकहरु मार्फत खेलिने होरी तत्पश्चात केही कालखण्ड पछी अछाममा एकजना आयुर्वेदाचार्य दण्डि स्वामि केवालानन्दको उदय भएसंगै वहाँले नै आफ्नो समय कालमा हाल खेलिरहेका देवडा भाकाको परिकल्पना गरि अछामी समाजमा यसको विस्तार गरेको पाइन्छ । दण्डी स्वामिले विगतका श्लोक भाकाहरुलाइ परीमार्जन गरि धार्मीक शैलिमा राम,कृष्ण र शीव भगवान लगाएतका नामको उच्चारण हुनेगरि ऋचा श्लोक र भाकामा होरीलाइ ढालेको पाइन्छ । आखिर किन गरे त दण्डी स्वामिले यस्तो….? यहाँनेर सोचनिय विषय रहेको छ । दण्डि स्वामिले आफुले नै किन यसरी होरीमा बोलिने भाकालाई नयाँ शैलीमा ढालेर अछामी जनमानसमा यसको सुरुवात गराए त ? आखिर त्यो भन्दा अगाडि खेलिने भाकामा के समस्या रहेको थियो त ? दण्डि स्वामिले किन रामलिला कृष्णलिला र शिवलिलालाई महत्व दिएर देउडा भाकामा नै होलीका श्लोकहरुलाइ बनाए । यसको बारेमा हामीले सोधि खोजी गर्नपनि जरुरी देखिन आउछ । आगामी दिनहरुमा विद्धवानहरुले यसको बारेमा खोज अनुसन्धान गर्ने नै छन । भनिन्छ जसको सस्कृती, भेषभुषा र भाषाहरु लोप हुदै जान्छन जसले जगेर्ना गर्न सक्दैनन तिनिहरुको आफ्नो पहिचान पनी गुम्दै र हराउदै जान्छ ।
अछाम क्षेत्रमा मात्रै यो अलग्गै किसिमको होरी परम्परा देखिनुले आज आएर अछाम र अछामीहरुको छुट्टै पहिचान बन्न सकेको अवस्था रहेको छ । हामी सबैले आफुले भ्याए सम्मको सक्दो सहयोग गरी यो अछामी होली पर्वको जर्गेना र संरक्षण गर्न अती नै जरुरी भएको छ । कुरितिहरुलाइ छोड्दै समय अनुकुल परिमार्जित हुदै अगाडी बढ्नुमा नै हामी सबैको कर्तव्य हो भने आगामी पिढिकालागी संस्कृती हस्तान्तरणको बाटो पनी हो । यसै होली पर्व संगै रहेर हामिले अछामी राजा भान शाही उनकी रानी र दण्डि स्वामिलाई त कहिल्यै भुल्न सक्दैनौ भने यही भित्र रहेका एक पात्र हुन साइमले ढोली । यदी यि साइमले ढोलीलाइ विस्र्यौ भने इतिहासले हामिलाई सधै सरापी रहने छ । त्यसकारण आउँ साइमले ढोली को हुन र यिनको बारेमा पनी केही चर्चा गरौ ।
साइमले ढोली ः— साइमले ढोली वि.स. १९५० सालमा अछामको ठानामा मने ढोलीका सुपुत्रको रुपमा जन्मेका हुन । यिनी सानै छदा तिखो वुद्धिका होनहार मानिन्थे । यिनलाइ सानै देखी हरेक कुरामा ज्ञान हासिल गर्नु पर्छ भन्ने कुराले अग्रसर गराइ रहन्थ्यो । तर के गर्नु तत्कालिन अवस्थाको राज्य सत्ताका साथै सामाजिक सामन्ती प्रथाले उनले आफुले चिताए जस्तो गरी अगाडी बढ्न सकेनन । भनिन्छ साइमले ढोली ढोल बजाउनमा निकै सिपालु र माहिर मानिन्थे । यिनकी भण्टि नामकी श्रीमती थिइन यिनैबाट २ छोरा र पाँच छोरीहरु सन्तानको रुपमा जन्मन गएका थिए । यिनका जेठा छोरा नरपती ढोलीको जन्म वि.स. १९७० भएको थियो । यिनका कान्छा छोरा गोपाले ढोली दर्जी हुन । साइमले ढोलीले जेठो छोरा नरपतीले हलो जोत्न थालेपछी आफु पढ्न थालेका थिए ।
साइमलेलाइ आफुले पढ्नु पर्छ पढेर केही न केही समाजकालागी गर्नु नै पर्दछ भन्ने मनमा रहेको मनसायलाइ उजगार गर्नकालागी उनी एकदिन डोटीमा विध्या आर्जन गर्न सकिन्छ भन्नेकुराको चालपाइ घरबाट हिडिरहेका बेला अछाम जुपुका नयाँ रावल जो तत्कालिन अवस्थामा मुख्या पनी रहेका थिए उनैले साइमलेलाई डोटीमा पढ्न जान भनी हिडेको थाहापाई डोटी नजाउ अछाम वाजकोट कालापाटामा दण्डि स्वामि भन्ने एक साधु आएकाछन तेही गएर आफुले चाहेको विध्या आर्जन गर भनी पढ्ने प्रेरणा दिदा साइमले ढोली डोटी जाने मनसायलाइ छोडी दण्डि स्वामि बसेको ठाउँमा गएका थिए भनिन्छ । साइमले ढोलीले दण्डि स्वामिलाइ भेटेर आफु पढ्ने इच्छा जाहेर गरेपछी साइमलेको यस्तो कुरा सुन्दा दण्डि स्वामिले भनेका थिए रे …यहाँका ब्राहमण क्षेत्रीका छोरा छोरीहरु त पढ्ने इच्छा गर्दैनन तर त दमाई ढोलीको छोराले कैलास खोला तरेर आइस के विध्या आर्जन गर्दै पढ्न सक्छस र ? भनी सोधेका थिए रे ।
दण्डि स्वामिको यस्तो कुरा सुनेर साइमले ढोलीले स्वामि म पढ्न सक्छु या सक्दिन त्यो कुरा पछी थाहा होला तर साइमलेले यो सोध्यो उ सोध्यो भनेर नभन्नुहोला भनी जवाफ दिएका थिए भनेर भनिन्छ । साइमलेको यस्तो जवाफ सुनेर दण्डि स्वामिले आफ्नी चेली सारदा गिरिलाइ बोलाइ साइमलेलाइ पढ्ने मस्यौदा दिन लगाएका थिए रे । यतिबेला साइमले ढोली ४० वर्षका थिए । पढ्नलाइ पाएका ति मस्यौदाहरु साइमलेले ६ महिना लगाएर पढेर सिध्याए भने ति पढेका कुराहरुमा उनि उतिर्ण पनी भएका थिए भनिन्छ । साइमलेले दण्डि स्वामि संग करिव १२ वर्ष सम्म निरन्तर पढेर विभिन्न कुराहरुमा अध्यन गरेका थिए । साइमलेले विशेष गरी दण्डि स्वामिसंग पृथ्वि, वायु, अग्नि, जल र आकास गरी यि पाँच तत्वको बारेमा ज्ञान हासिल गरी संघन अध्यनका साथै खोज गरेका थिए ।
अछामी राजा निरञ्जन शाहको पालामा अछाम छविस भन्ने ठाउँमा जुम्लाबाट कसैको विवाह आउदा दुइथरी को विवाद हुदा छविसका माइती पक्षको घरमा जुम्लाका पोइली पक्षले राती घरमा आएर घरको दैलोमा गुन्यु(धोती) मा एक मन ब्यथ्या बाधी झुन्ड्याएर गए र विहान त्यो कुराको थाहा पाउदा समाजमा कचहरी लाग्दा त्यसको अर्थ “मसंग यो व्यथ्या जती गुण छ त संग पनी मेरै जती गुण छ भने आइजा नत्र भने गुन्यु लगाएर घरमै बस” भन्ने रहेछ । पछी समाजको कचहरिले त्यो झगडाको छिनोफानो गर्न नसक्दा साइमले ढोलीलाइ यस झगडाको छिनोफानो गर्ने जिम्मा दिएका थिए । साइमले ढोलीले आफ्नो सास्त्र अध्यनको ताकतमा दुवै थरिलाइ मिलापत्र गराएका थिए भनिन्छ । त्यसदिन देखी छविस र जुम्लामा साइमलेलाइ सही न्याय निसाफ गर्ने व्यक्तिको रुपमा हेर्न थालेका थिए भन्ने गरेको कुराशरु आजपनि अर्तिको रुपमा सुन्न पाइन्छ । अछाम छविस र जुम्लाका दमाइ थरिहरुले त साइमलेलाइ गुरु नै मानेका थिए रे । यो कुराबाट पनी थाहाहुन आउछ कि साइमले न्याय निसाफ गर्नमा पनी उतिकै माहिर थिए ।
दण्डि स्वामिको वि.स. १९९३ मा निधन भएपछी साइमलेको जिवनयापन विभिन्न ठाउँमा मुद्धामामिला मिलाउने आफुले जानेका कुराहरु अरुलाई सिकाउने र समाज रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने चिन्तन तिर रहनुका साथै उनी सास्त्र प्रचारकका रुपमा स्थापित भएका थिए । आज साइमले ढोली हामी सामु रहनु भएन । यो प्रकृतिको नियम नै हो जो संसारमा जन्मिन्छ उसले एकदिन अवस्य यो संसारलाइ मानव चोलाबाट विदा लिनै पर्दछ । तर जसले समाज रुपान्तरकालागी आफ्नो जिन्दगी नै समाजलाइ सुम्पिएर जान्छन त्यस्ता युग पुरुषहरु कुनै न कुनै तरिकाले समाजमा नै निरन्तर याद आइ रहन्छन र तिनिहरु सधै अमर नै हुन्छन । ति मध्ये एक साइमले ढोली पनी हुन । उनले आफ्नो जिवनमा समाजकालागी गरेका कुराको मुल्याङ्कन गर्दै उनले समाज रुपान्तरणकालागी खेलेको भुमिकालाइ जिवन्त राख्नमा हाम्रो अहम योगदान हुन जरुरी छ । “अछामी होरीलाइ आज यहाँ सम्म जिवन्त राख्नमा उनको पनी धेरै ठुलो योगदान रहेको पाइन्छ । त्यसैले “यो अछामी होरीलाई साइमले होरी” भनेर अगाडी बढाउनु पर्छ भन्दा अनुपयुक्ती नहोला भन्ने लाग्छ ।” किनकि हामीले हाम्रा अग्रजको सम्मान गर्न सिक्यौ भने भोलिका दिनमा हाम्रो पनी अवस्य मुल्याङ्कन हुनेछ भन्ने लाग्छ ।
त्यो समय त्यसमा पनी अछाम जस्तो छुवाछुतमा जकडिएको क्षेत्र उसैमा साइमले ढोली यानिकि दमाइ जाती जसले तत्कालिन अवस्थामा पढ्ने अवसर पाए । साइमलेले त्यो बेला सजिलै अहिले भने जस्तो गरी पढ्ने अवसर पाए होलान त ? हामी सोच्न सक्छौ र भन्न सक्छौ कि साइमलेलाइ तेतिबेला पढ्न अहिले भनेजस्तो सजिलो भने पक्कै भएन होला । उनले धेरै संघर्ष गर्नु परेको थियो । धेरै अपमानित पनी हुनुपरेको थियो होला तर एक निस्ठावान, चरित्रवान, गुणवानका धनी साइमले ढोलीले आफ्नो कर्तव्य सहितको गण्तव्यलाइ पछ्यादै आफ्नो लक्ष्य प्राप्ति गरेरै छाडे र आज हामिलाई नतमस्तक हुन वाध्य पारे । यस्ता महान युग पुरुषलाइ यो लेखक मनैदेखी उनि प्रती नतमस्तक हुदै नमन गर्दछ । साथै वर्तमान र आगामी पिढिलाइ उनले समाज रुपान्तरणकालागी खेलेको भुमिकाको मुल्याङ्कन र अनुसरण गर्दै अगाडी बढ्न अनुरोध गर्दछ । र भन्न चाहन्छु कि हामी सबैले साइमले ढोलीको सम्मानकालागी उनलाइ जिवन्त राख्नकालागी “साइमले ढोली प्रतीष्ठान”को माध्यमबाट उनका चिजवस्तुको संरक्षण गरी आगामी पिढिलाइ हस्तान्तर गर्नुपर्दछ अनी मात्र उनको वास्तविक सम्मान हुनेछ । अन्तमा भन्नु पर्दा “भनिन्छ ठुलो जातले होइन कर्मले भइन्छ ।”
Facebook Comments