Loading...
मन्त्रालयको बजेटमा टीकापुरमा ब्यवस्थित बसपार्क निमार्ण हुँदै, ८ करोड तेत्तिस लाख खर्च हुने

हेमन्त माण्डव्य— कैलाली,
कैलालीको टीकापुर नगरपालीका वडा नं. १ मा रहेको टीकापुर बसपार्क यतिबेला व्यवस्थीत रुपमा निर्माण कार्य संघन तरिकाले अगाडी बढिरहेको छ । सहरि विकास मन्त्रालयको ८ करोड ३३ लाख आर्थिक सहयोगमा सो कार्य प्रारम्भ भइरहेको छ । राजेन्द्र रोयल जे.वि. निर्माण कन्ट्रक्सनले दुइवर्ष भित्र सो कार्य सम्पन्न गर्नेगरि ठेक्का टेन्डरगरि लिएको जनाइएको छ । टीकापुर बसपार्क सम्पन्न भएपश्चात यहाँ करिव ५० देखि ६० वटा सम्म बसहरुलाई व्यवस्थित रुपमा राख्न सकिने छ । यसै बसपार्क भित्र सुविधा सम्पन्न एउटा भुइतले टर्मिनल भवन पनि बन्ने जनाइएको छ । निमार्ण कम्पनिले टीकापुर बसपार्कलाई दुइवर्ष भित्र सम्पन्न गरिसक्नु पर्नेछ भने सम्पन्न पश्चात सम्वन्धित निकायलाई हस्तान्तरण गरिने सहरि विकास डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेश वाग्लेले अगुवा सन्देशलाई जानकारी गराएकाछन ।
स्मरण रहोेस सो टीकापुर बसपार्क तत्कालीन टीकापुर बिकास समीतीले यहाँको यातायातको चाँपलाई मध्यनजर गर्दै स्थापनाका साथै सञ्चालनमा ल्याएको थियो । तत्कालीन अवस्थामा टीकापुरका केहि तत्वहरुले टीकापुर विकास समितिको आवश्यकता नभएको भन्दै विघटनको अवस्थामा पु¥याइएको थियो । टीकापुर विकास समिति बिघटन गरिएसंगै सो बसपार्क टीकापुर नगरपालीकालाई हस्तान्तरण गरिएको थियो । तर सो बसपार्कको सम्वन्धित निकायले हालसम्म आफ्नो नाममा पुर्जासम्म लिन नसकेको अवस्था रहेको छ । तत्कालीन टीकापुर बिकास समितिको बाँकिरहेको सबै कार्यको स्वामित्व नगर विकास समितिले लिएर आजको समयसम्म नगर विकास समिति टीकापुरले कार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *