
हेमन्त माण्डव्य— कैलाली,
कैलाली भजनी २ मोहनपुरका स्थानिय वासिन्दा राम बहादुर डगौंरा आजकालको कठ्याग्रींने चिसाकोे समयमा पनि दिनहु बिहान ५,६ बजेतिर भजनी स्थित मोहनपुर र काँढा जोड्ने पुलमा रहेको फोहर सफा गरिरहेको अवस्थामा भेटीने गर्दछन् । अगुवा सन्देशलाई एका बिहानै पाठकको हातमा पहुँचाउने हिसावमा गत आइतबार उहाँसंग भलाकुसारी गर्नपाउदा समाजमा अझै निःस्वार्थी पनमा कार्य गर्ने व्यक्तिहरु रहेको विस्वास हुन पुग्यो र समाज रुपान्तरणको सवालमा आस लागेर आयो ।
२०१९ सालमा जन्मीएका उमेरले ५६ वर्ष लागेका राम बहादुर डगौंरा सानो छदा भेरुवा भेडा चराउने गोठालो भएर बाल्यकाल बिताए । त्यसपछि उनी गैरुवा गाईगोरु चराउने गोठालोको रुपमा उदय भए । जव उनी अली परिपक्व भएपछि कमैयाँ भएर धेरै दिन कष्टकर जिवन विताए ।
तर उनी भन्छन् मैले हिम्मत हारिन र २०४० सालमा कमैया गर्न छोडेर काठको काम गर्न थाले । पछि म काठको काम गर्दा गर्दै काठ
मिस्त्री अर्थात सिकर्मी भए ।
काठ मिस्त्रिको काम गरेर मैले केहि समयपछि तत्कालीन थापापुर हाल भजनी २ मोहनपुरमा १ बिगाहा १६ का जग्गा किनेर घर बनाए । राम बहादुर डगौंराले आफै काठको नाउँ बनाएर काँढा नदीमा नाँउ चलाएको कहिलै नविर्सने बताउँछन् ।
४१ सालदेखि शुद्ध साकाहारी भएर वैष्णव शिदान्त खगालेका उनि आजको समयमा २ छोरा ३ छोरी सहित नातिनतिनाका बाजे भएर उनले अहिले जोशिपुरमा घडेरी सम्म किनी सकेकाछन् । उनि भन्छन मलाई सानै देखि समाजसेवा गर्ने इच्छा थियो । म आजसम्म त्यहि गरिरहेको छु । आफुले सकेसम्म म लालचमा परेर होइन की नीस्वार्थ भावना बाट सामाजीक कार्य गरिरहने छु ।
उनि भन्छन गाउँघरमा कसैलाई समस्या परे निस्वार्थ तरिकाले सक्दो सहयोग गर्छु । समाजमा नराम्रो भए मलाई राम्रो लाग्दैन र म जहाँसम्म राम्रो बनाउनतिर लाग्ने गर्छु । काँढानदि पुलमा सरफाई गर्दै बिहान ५.३० बजे भेटीएका उनि भन्छन यो पुलमा सधै फोहर हुन्छ । सबैे मिलेर सफा गरौंन भन्दा के हामी पुलको फोहर सफा गर्ने हौं र त्यो त सरकारको काम हो भन्छन् ।
यस्तो भनेको मलाई राम्रो लाग्दैन र म आफै जति सक्छु भन्दै बिहानै ५ बजे आएर यो पुलमा जमेको फोहर सफा गर्ने गर्छु । उनि भन्छन आफ्नो घरआँगनपनि सरकारले सफा गरिदेला भनेर कति दिनसम्म फोहर हुन दिने र ? भन्दै प्रतिप्रश्न गर्छन् । त भगत भएर एकाबिहानै यस्तो फोहर सफागर्ने कार्य गर्छस भनेर टोक्ने गर्छन तर म त्यसको कुनै प्रवाह नगरेर कसैले गर्न नरुचाउने यो सफाईको कार्य निरन्तर गरिरहेको छु । यहाँ मात्र होइन गाउँघरमा पनि फोहरदेखे भने मेरो मनले मान्दैन र म आफुले भ्याएसम्मको सरसफाइको कार्य गर्ने गर्दछु ।
आज हाम्रो समाजमा यस्ता मान्छेहरु सायद बिरलै भेटीएलान । राम बहादुर डगौंरा त एक सच्चा सवुत हुन भन्ने लाग्दछ । यस्ता निःस्वार्थी व्यक्तिलाई नै सही समाजसेवी भन्न सकिन्छ । राम बहादुर जस्ता निःस्वार्थी समाजसेवी हरुलाई स्थानिय सरकारहोस की विभिन्न संघसस्थाहरु नै हुन सबैको आँखा यस्ता व्यक्तिहरुमा पर्न जरुरि छ । यस्ता व्यक्तिहरुको खोजीगरि यिनको हौसलालाई बुलन्द गर्न सम्मान प्रोत्साहन के के गर्नु पर्छ सम्वन्धित निकायले समयमा नै त्यस तर्फ ध्यान दिनुपर्दछ भन्ने लाग्दछ । अनिमात्र राम बहादुर जस्ता निस्वार्थि भावना भएका व्यक्तिहरु मार्फत समाजमा सही र सभ्य कार्य गर्न जागरुकता ल्याउन सकीन्छ भन्ने लाग्दछ ।
Facebook Comments