
विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई जनतालाइ सहयोग गर्ने तथा समृद्ध नेपाल तथा सुखी नेपाली बनाउनका निम्ति जनताको प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् । नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताए । “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ” प्रधानमन्त्री ओलीले भने “ कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ । ” प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी गरे । “नेकपा वैचारिक हिसावले स्पष्ट छ ” प्रधानमन्त्रीले भने “ हरेक राष्टिय मुद्धामा हाम्रो मत स्पष्ट छ ।
आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले दुई तिहाईको कुरा, समृद्ध नेपाल तथा सुखी नेपाली, आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने जस्ता कुरा हरु नै हरेक कार्यक्रम मा गर्ने गरेका छन् ।
Facebook Comments