Loading...
सडक निमार्ण भएको तिन दसक बितीसक्दा पनि स्तरोउन्नती हुन सकेन स्थानिय जनताहरु मर्कामा ।

कैलाली, चैत्र– ४
कैलालीको मध्यवर्ति क्षेत्रमा रहेको बर्दगोरिया गाउँ पालीका वडा न ४ मुढा बजार देखि दक्षिणमा पर्ने मुढा सुन्दरपुर रोड निमार्ण भएको करिब तिन दसक बितीसक्दा पनि स्तरोउन्नती हुन सकेको छैन ।

यो सडक पुर्वपश्चिम राजमार्गमा पर्ने मुढा बजारको दक्षिण भएर बग्ने काडा नदीको छेउमा रहेको छ । उक्त बाटोको निमार्ण नहुदा बर्दगोरिया गाउपालिका वडा न ४ सुन्दरपुरका स्थानिय बासिन्दाहरुलाई बषार्तको समयमा आवात जावतमा निकै समस्या हुने गरेको स्थानिय बासिन्दा बताउछन । साबिक कोटातुल्सीपुर गाउँ बिकास समिती र दोदोधरा गाउँ बिकास समिती मिलेर बर्दगोरिया गाउँपालिका निमार्ण भएको थियो । साबिक कोटातुल्सीपुर गाउँ बिकास समितीमा पर्ने एक मात्र कक्षा १२ सम्म पढाई हुने श्री माध्यामिक बिधालयमा पढ्ने बिधार्थी बषार्तको समयमा बिधालय जान बाट प्रभाबित हुने गरेका स्थानिय बासिन्दा केवल चलाउनेले बताएका छन । बर्षातको समयमा बाटो हीलाम्य हुने हुदा मुढा, निमाबोझी बाट पढ्न जाने बिधार्थी बिधालय जान बाट बञ्चित हुने गरेका छन ।

बाटो निर्माणका लागि बिभीन्न स्थानिय सरोकार वालाको ध्यान जान नसक्दा स्थानियले सास्थी भोग्नु परेको चलाउनेको भनाई थियो । बर्षातको समयमा यो बाटो निर्माण भएको खण्डमा यस गाउँ बाट मुढा बजार जानका लागि पैदल आधा घण्टा मात्र लाग्ने भएता पनि बाटो निर्माण नहुदा करिब डेढ देखि दुई घण्टा लाग्ने गरेको स्थानिय बासिन्दा टिकाराम उपाध्यायले जानकारी दिएकाछन । उनका अनुसार आधा घण्टा मात्र लाग्ने बाटो निर्माण नहुदा दैनिक उपभोग्य सामान ल्याउन समस्या हुने गरेको स्थानिय को भनाई छ । बर्षातको समयमा बाटो हीलाम्य भएको बेला धेरै पटक चिप्लीएर कपडाहरु फोहोर भएर बिधार्थीहरु बाटो बाटै फर्कनु पर्ने बाध्यता रहेको उपाध्यायले अगुवा सन्देशसंग दुखेसो पोख्दै भने । केही बर्ष पहीले काडा नदीमा झुलंगे पुल निर्माण भए पछि केही सहजता भए पनि उक्त बाटो धेरै लामो समय लाग्ने गरेको स्थानिय बासिन्दाहरु बताउछन ।

यस बाटोको सम्वन्धमा सम्वन्धित निकायले तत्काल पहल कदमि गरेर आगामि वर्षा सुरुहुनु अगावै यो सडकको बारेमा सोच्न आवश्यक देखिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *