
जनकपुरधाम, चैत ४ । संघीय प्रेश फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
निर्वमान जिल्ला अध्यक्ष राम नारायण कापडिको अध्यक्षतामा सम्पन्न अधिवेशनले मण्डललाई सम्पुर्ण कार्यसमिति, प्रदेश पार्षद र केन्दिय पार्षद निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा ब्रह्मानन्द ठाकुर, अनिता यादव, सचिवमा विरेन्द्र कुमार साह, सह सचिवमा विनय अधिकारी, कोषाध्यक्षमा निलम चौधरी र सदस्यहरुमा अयुब हुसेन, सुशिल राउत, मौसम झा, रविन्द्र कुशवाहा र सुमित साह चयन भएका छन ।
त्यसैगरि प्रदेश पार्षदमा राजकमल सिंह, मुकेश ठाकुर, अनामिका ठाकुर, लभ यादव, संजिव पराजुली र केन्द्रिय पार्षदमा रामहृदय यादव चयन भएका छन ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रि ज्ञानेन्द्र कुमार यादवले प्रदेश भित्रको संचारलाई नमूना बनाउन प्रदेश सरकारले गृह कार्य शुरु गरि सकेको बताउनु भयो ।
संचार जगत समाजको ऐना रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले संचार जगतलाई व्यवस्थित र भयमुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । यसका साथै संचारकर्मीलाई समेत आफनो दायित्वलाई इमान्दारी पूर्वक निर्वाह गर्न आग्रह गर्नु भयो ।
उद्घाटनसत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले संचारकर्मीलाई कसैको लठैत नभई स्वतन्त्र र निष्पक्ष हुनु पर्नेमा जोड दिनु भयो ।
उद्घाटन सत्रमा पूर्व सभासद एवं फोरम नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उर्मिला साह, बरिष्ठ पत्रकार रामभरोस कापडि भ्रमर, संघीय प्रेश फोरमका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज अतिश कुमार मिश्र, प्रदेश समितिका उपाध्यक्ष सुरेश कुमार यादव, प्रेश चौतारीका संयोजक अवधेश कामत, प्रेश युनियनका जिल्ला अध्यक्ष राजन सिंह, फोरम नेपाल धनुषाका उपाध्यक्ष दिनेश यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
Facebook Comments