Loading...
प्रधानमन्त्रिको धम्किले हामी डर्नेवाला छैनौ, राजा र हिन्दुराज्य ल्याउछौ – राणा र लोहनी

सुर्खेत– चैत्र ५
केहि समय पहिले दुई पार्टीलाई समायोजन गरेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का दुई अध्यक्षले संवैधानिक राजतन्त्र र हिन्दु राज्यका लागि जनता माझ जाने र त्यसलाई पुर्नस्थापित गरेरै छाड्ने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष द्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक व्यवस्था अनुसार राजतन्त्र र हिन्दू राज्यका लागि जनता माझ जाने बताएका छन् । “राष्ट्रियता, परम्परा, धर्म र सँस्कृतिको गौरवान्तित् तरिकाले संरक्षण र सम्वद्र्धन गर्दै प्रगति हासिल गर्ने राप्रपा (संयुक्त) को लक्ष्य हो ।” यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने छौं । सुर्खेतमा आयोजि पत्रकार सम्मेलनमा अध्यक्ष राणाले भने ।
सरकारले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जस्तै आफूहरुलाई पनि एक लहरमा राखेर कारबाही गर्ने धम्की दिएको उल्लेख गर्दै राप्रपा संयुक्तका अध्यक्ष राणाले भने, ‘प्रधानन्त्रीले विप्लव समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, । सक्नुहुन्छ भने हामीलाई कारबाही गरेर देखाउन हामी चुनौति दिन्छौं ।’ अध्यक्ष राणाले राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि आवश्यक परे आन्दोलन पनि गर्ने चेतावनी समेत दिएका छन । राप्रपा संयुक्तका अर्का अध्यक्ष प्रकासचन्द्र लोहनीले प्रधानमन्त्रीबाट धम्की आएपनि आफूहरु पछि नहट्ने बताएका छन । ‘संविधानको कुनैपनि दफा–उपदफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको छ । सोही संवैधानिक अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिएका छन । हामि त्यस धम्किले डर्नेवाला छौनौ । संविधान तह हामि हाम्रा कार्यहरु अगाडी बढाएर जनताहरुमाझ जान्छौ, ‘बुद्धिजीवीहरुलाई थला पार्छु भन्ने प्रधानमन्त्रीले हामिलाई निमिट्यान्न पार्ने कुरा गरे पनि हामी पछि हट्दैनौं लोहनीले वताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *