Loading...
इण्डो नेपाल फ्रेन्डसिप बैडमिंटन टूर्नामेंटको उपाधि: हिमालय टीमलाई
कृष्णानगर/संवाददाता चैत्र ५
कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं.२मा रहेको नेपाल.विद्युत प्राधिकरण को ग्राउन्ड मा चैत्र १गते देखि इन्डो नेपाल समाजिक मंच को आयोजनामा इन्डो नेपाल फ्रेन्डशीप बैडमिन्टन टूर्नामेन्ट चलि रहेको थियो  टूर्नामेन्ट को फाइनल मैच हिमालय टिम का कैप्टन श्रावण कुमार र सागरमाथा टीम का कैप्टन हरिकृष्ण केसि को बीच मा खेले दुबै टीम ले आ आफ्नो बल प्रयोग गरे तर टूर्नामेन्ट को उपाधि हिमालय टीम लाइ प्राप्त भयो।
उक्त टूर्नामेन्ट लाइ सफल बनाउन.को लागि इन्डो नेपाल समाजिक मंच का अध्यक्ष अकरम पठान ले आफ्नो पुरै समय र प्रयास को साथै नेपाल भारत दुबै देश को मित्रता सदैव कायम गर्नाको यो टूर्नामेन्ट र धेरै किसीम को कार्यक्रम दिन प्रति दिन गराउदै रहेका छन्।
कार्यक्रम मा बोल्दै पठान ले कृष्णनगर मा बैडमिन्टन स्टेडियम बनाउनको लागि प्रायास गर्ने बताउनु भयो।
यस प्रकार का कार्यक्रम गर्ना र गराउनको लागि क्षेत्रवासि हरु संग निरन्तर सहयोगको लागि अग्रह गरे।
कार्यक्रम का प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी कपिलवस्तु का अर्जुन पोखरेल,विशिष्ट अतिथि नेपाल प्रहरी कपिलवस्तु प्रमुख अच्यूतम प्रसाद पुडासैनी,कृष्णनगर भन्सार कार्यलय प्रमुख बिष्णु प्रसाद पौडेल,आन्तरिक राजस्व कार्यलय प्रमुख बुटवल पूर्ण न्यौपाने,मेजर श्याम थापा,राष्ट्रीय अनुसंधान शाखा कपिलवस्तु डिएसपी विनय चतुर्वेदी र अतिथि मा छिमेकी राष्ट्र भारत को बढनी बाजार थाना निरिक्षक राज प्रकाश चन्द्र मिर्जा राशिद बेग लगायत शिक्षा प्रेमी बुद्धाजिवी,समाजसेवी,पत्रकार सुरक्षाकर्मी हरुको उपस्थिती थियो।
प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरु द्वारा खेलाडीहरु लाइ पुरस्कृत र सम्मानित पनि गरेको इन्डो नेपाल समाजिक मंच का प्रवक्ता राहूल मोदनवालले बताएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *