Loading...
टीकापुरमा तनाव, शान्तिपुर्ण रुपमा देउडाखेल खेलीरहेका माथी प्रहरीको हस्तक्षेप, दर्जनौ खोरमा

कैलाली÷चैत्र ८—
कैलालीको टीकापुरमा केहदिन देखि खेलीरहेको होली पर्वमा टीकापुर स्थित इलाका प्रहरी कार्यालयका डीएसपीको अगुवाइमा राति खेलीने होलीपर्वलाई आफुले सुरक्षा दिन नसक्ने भन्दै निशेधाज्ञा जारी गरि संस्कृतिलाई जगेर्ना गर्नबाट रोक लगाई दिनमा मात्रै सिमित गराएका थिए ।
यो होली पर्वमा गत साल भन्दा धेरै खल्लो र नरमाइलो भएको स्थानियहरुको भनाई रहेको छ । हिजो यहाँको होली पर्वलाई समापन गरिएतापनि आज महिला पुरुष बिच स्थानिय देउडा खेल खेल्ने कार्यक्रम तय गरिएसंगै आज दिनभरि देउडा प्रेमिहरुले सान्ति पुर्ण रुपमा आ–आफ्नो कला प्रस्तुत गरिरहेका थिए । तर टीकापुरमा रहेको जनपद प्रहरीले डिएसपिको अगुवाईमा दिउसो समयमा आएर एक्कासी खेलमा हस्तक्षेप गरेको खेल प्रेमीहरुले वताएकाछन । पटक पटक अनावश्यक रुपमा खेललाई हस्तक्षेप गरेको प्रहरीले साँझ करिव ५ बजे तिर चार जना देउडा प्रेमीहरुलाई अनावश्यक रुपमा घिसार्दै इलाका प्रहरी कार्यालयको थुनुवाघरमा बन्दि बनाएर राखेको खेल प्रेमीहरुले बताएकाछन ।
अहिले साँझ करिव ७.३० बजे सम्पुर्ण खेल प्रेमी र स्थानियहरु इलाका प्रहरी कार्यालयमा घेराउ गरिरहेकाछन । अनावश्यक तरिकाले जो कसैलाई थुन्न पाइदैन । हाम्रो संस्कार र संस्कृतिमाथि हस्तक्षेप गर्न मिल्दैन भन्ने जस्ता नाराहरु समाचार तयार पारुन्जेल सम्म लगाई रहेको अवस्था रहेको छ । टीकापुर फेरि एकपटक तनाव ग्रस्त बनेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *