
हेमन्त माण्डव्य,अछाम चैत्र, ९–अछाम मङ्गलसैन नगरपालीका वडा नं ६ तेसिङ्गेमा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । चैत्र ७ गतेबाट आफ्नो कार्य प्रारम्भ गरेको सो स्वास्थ्य केन्द्रको उदघाटन मङ्गलसैन नगरपालीकाका मेयर पदम बोहराले एक कार्यक्रमका बिच विधिवत रुपमा उद्घाटन गरेकाछन । सो उद्घाटन कार्यक्रममा विशिष्ठ अथिहरुमा मङ्गलसैन नगरपालीकाकी उपमेयर सरिता उपाध्याय र पेर्व जनाली वण्डाली गाविसका अध्यक्ष प्रभुनाथ भण्डारी रहेका थिए । त्यसैगरि अथितिहरुमा मङ्गलसैन नगरपालीकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसी, नगर स्वास्थ्य सााखाका उपप्रमुख शुशिला ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष हरिप्रसाद ढुंगाना रहेका थिए । यस स्वास्थ्य केन्द्रको स्थापनासंगै तेसिङ्गेका जनताहरुले बिरामी अवस्थामा लामो दुरिको हिडाइ हिडेर स्वास्थ्य केन्द्र जानु पर्ने वाध्यताबाट अब छुटकारा पाउने भएकाछन ।स्वास्थ्य केन्द्र स्थापनाको लागी मङ्गलसैन ६ तेसिङ्गे स्थाई घर भएका देविराम भन्डारीले आफ्नो नाममा रहेको लाखौं रुपैयाँ पर्ने दुई रोपनी जग्गा उक्त स्वास्थ्य केन्द्रलाई पुर्ण रुपमा निशुल्क दान गरेपछि यहाँ स्वास्थ्य केन्द्र स्थापना गर्न सजिलो भएको वडा नं ६ का वडा अध्यक्ष जनक भण्डारीले अगुवा सन्देशलाई जानकारी गराएकाछन ।त्यसैगरि तत्कालकालागि वडा नं ६ को बजेटबाट यस स्वास्थ्य केन्द्रको व्यवस्थापनकालागि ४ लाख र स्वास्थ्य केन्द्रको जस्ता सहितको ट्रस निमाणकालागि मङ्गलसैन नगरपालीकाबाट रु ३ लाख रकम विनियोजन गरेको वडा अध्यक्ष भण्डारीले वताए । यहाँ स्वास्थ्य केन्द्र स्थापना भएसंगै वडा नं ६ पश्चिम दक्षिण भेगका करिव ६ गाउँका जनताहरुले प्रत्यक्ष रुपमा सेवा पाउने वताइएको छ ।उक्त उद्घाटन कार्यक्रमा नगरपालीकाको तर्फबाट मेयर पदम बहादुर बोहराले दानविर देविराम भण्डारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता वडा नं ६ का वडा अध्यक्ष जनक भण्डारीले गरेका थिए भने स्वागत सामुदायिक स्वास्थ्य केन्द्र तेसिङ्गेका प्रमुख लक्ष्मण प्रसाद भण्डारी र सञ्चाल वडा नं ६ वडाकार्यालयका वडा सहायक प्रकास भण्डारीले गरेका थिए ।स्मरण रहोस मङ्गलसैन नगरपालीका वडा नं ६ ठुलासैनमा स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत वडा स्वास्थ्य चौकी स्थापनाको यसै आर्थिक वर्षबाट लागुहुने गरी निर्णय भइसकेको छ ।
Facebook Comments