Loading...
समाजवादी ट्रेड युनियन महासंघ नेपालको बैठक सम्पन्न, “मे डे” भव्य रुपमा मनाइने

समाजवादी लोकतान्त्रिक ट्रेडयुनियन महासंघ नेपालको पदाधिकारी बैठक काठमाण्डौंको बालकुमारीका सम्पन्न भएको छ । महाँसंघका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा निर्णय गरेको छ ।
२७ सदस्यि पदाधिकारी रहेको बैठकले आगामी २०७६ बैषाखमा पर्ने मे डेलाई केन्द्र, प्रदेश र जील्ला स्तरीयमा विविध कार्यबक्रम गरेर बृहत रुपमा मनाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले नेपाल ट्रेडयुनियन महाँसंघ जिफन्टका केन्द्रिय सचिव रामनरेश शिंह र अखिल नेपाल ट्रेड युनियन महाँसंघ अन्टुकका २ नं प्रदेश अध्यक्ष फुल्गेन्द्र शाह लगायत सयौं श्रमीकहरु तत् महासंघ परित्याग गरी समावजादी लोकतान्त्रिक ट्रेडयुनियन महासंघ नेपालमा प्रवेश गरेकाले द्वय मध्ये राम नरेश शिंहलाई महाँसंघको केन्द्रिय उपाध्यक्ष र फुल्गेन्द्र शाहलाई उपमहाँसचिवमा मनोनयन गरेको छ भने अन्यहरुलाई प्रदेश, जील्ला तहमा समावेश गरिने कुरा महासंघका केन्द्रिय उपाध्यक्ष हेमन्तराज माण्डव्यले बताएकाछन ।
त्यसैगरि बैठकले उपाध्यक्ष द्वय हेमन्तराज माण्डव्यकी ममतामयि माता कलुदेवि भण्डारी माण्डव्य र प्रेम भुजेलका पिता भन्द्र बहादुर भुजेलको असमायिक निधन प्रति दुख व्यक्त गर्दै सम्वेदना प्रकट गरेको छ । बैठकमा ७ वटै प्रदेशबाट पदाधिकारीहरुको उपस्थिति रहेको वताइएको छ । स्मरण रहोस समाजवादी लोकतान्त्रिक ट्रेडयुनियन महासंघ नेपालले आफ्नो संगठनको विस्तारलाई तिव्रता दिएको उपाध्यक्ष माण्डव्यले संघिय अनलाईनलाई बताएकाछन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *