Loading...
कैलाली वौनियाँकी बोनमेरो क्यान्सर पिडित मिना भन्छिन, “मलाई बचाउँ म बाँच्न चाहन्छु”

हेमन्त माण्डव्य, कैलाली, चैत्र १६—कैलालीको बर्दगोरीया गाउँपालिका, २ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । दुई वर्षदेखि आफ्नो भएभरको जायजेक्षा बेचेर लगातार उपचार गरे पनि आवश्यक रकम अभावका कारण उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।

छोरीको उपचार गर्दागर्दै आफ्नोे ३ लाख ५० हजार प्रति कठ्ठा पर्ने ७ का जगा बेचेर करीव २५ लाख सम्म रोग नै पत्ता नलागेर सकिएकोले अहीले आर्थिक अवस्था साह्रै कमजोर बन्दै गएकाले अब छोरीको उपचार गर्न सक्ने अवस्था समेत नरहेको कुरा मिना बम की आमा शारदा बम वताउछन ।

“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, मिना बमको घरमा जाने हरकोहिले यो पिडा भरी आवाज सुन्नु पर्दछ । अस्पताल स्रोतका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्ने देखिन्छ । आफुसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदा बम आफ्नो पीडा सुनाउछिन । छोरीको उपचार गर्दागर्दै आफुसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने उहाँले भनीन् ।

बमले छोरीलाई काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि यस अघि लगीसकिएको वताइन् । छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न कहिकतै बाट गर्न सकिदैन उनले भनिन् । अहिले केहि संघ(सस्थाहरुले आर्थिक सहयोग गरी करीव १ लाख ५० हजार जति संकलन भएको छ

त्यहि रकमको भरोसामा यहि चैत्र १२ गतेदेखि चितवनको भरतपुर क्यान्सर अस्पतालको मेडीसीन वार्डको ३६८ नं केवीनमा राखेर उपचार गराइरहेको चितवनबाट शारदा बमले अगुवा सन्देशलाई बताईन । आफ्नो श्रीमान ५ वर्षदेखि विरामी भएर कुनै काम गर्न नसक्ने अवस्थामा रहरेकाले पनि यो समस्या आफुलाई आइपरेको उनि वताउछीन । श्रीमान र छोरी जटील तरीकाको बिरामी परेकाले आफु साह्रै कमजोर परेकोले सबै संघ सस्था, सहयोग दाताहरु लगायतले सहयोग गरीदिन शारदा बमको अनुरोध रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *