Loading...
“ब्राहमण र ब्राहमणवाद के हो अनि कीन हुन्छ यस्को बिरोध ?”

आजकाल हाम्रो देशमा ब्राहमण र ब्राहमणबादको चर्चा परीचर्चाका साथै निकै चर्को बिरोध भएको देख्न र सुन्न पाइन्छ । नेपालको बदलीदो राजनैतिक अवस्थाको समयमा यि विषयहरुमा बढी चर्चा परीचर्चा र बिरोध हुनुका कारण के हुन त ? यसको बारेमा सम्बन्धित पक्षले नै त्यति चासोको बिषय बनाएको देखिदैन । मानौ कि हात्ति हिड्दै गर्छ कुकुर भुक्दै रहन्छ भने झै गरे जस्तो लाग्छ । के यो उठिरहेको सवालको जवाफ यहि हो त ? मलाइ लाग्दैन कि यसको सवाल यहि हो यानिकि मौनता नै हो । किनभने समाजमा कुनै सवालको जव विजारोपण भइ विद्रोह सुरु हुन्छ तव समाज रुपान्तरणको सवाल हुन्छ । आज त्यहि सवाल छ ब्राहमण र ब्राहमणबादको विषयमा ।

यदि यि सवालको हामीले समयमा नै समाधानको बाटो खोजी साम्य पार्न तिर लागेनौ भने यसले हाम्रो देशमा ठुलो बिकराल रुपलिन सक्ने निष्चित छ । र केहि व्यक्तिका कारण धर्म संस्कार रितिरिवाज रहन सहन भेषभुषा, भाषाभाषी र समुदाय समेतमा असर पर्ने देखिन्छ । आउ त्यसैकोलागी बहस र छलफल गरौ । केहो त ब्राहमण र ब्राहमणबाद ? किनहुुन्छ यसको बिरोध ? यिनै सवालमा केहि चर्चा गरौ ।
ब्राहमण र बं्राहमणबाद के हो ? ः— ब्राहमण या ब्राहमणबाद कुनै जाति सम्प्रदाय या एक जाति विशेष सिद्धान्त होइन । वैदिक संस्कार अनुसार समाजलाई तत्कालिन अवस्थामा सन्चालन गर्नाकालागी क्रम(काम) अनुसार बनाइएका ब्राहमण, क्षेत्री, वैश्य र शुद्र मध्ये एक पद हो यानिकि एक कार्य योजना हो ।

जस्तै वैदिक परम्परामा कामको आधारमा पद विभाजन गरिएको पाइन्छ भने सबैको सम्मान बराबर रहेको भेटिन्छ अर्थात ब्राहमण भन्नालेः—तत्कालिन समयका विद्वान–वैज्ञानिक देशका लागि सधै नयाँ–नयाँ योजना बनाउने कार्यमा तल्लीन भइरहने ब्राहमण्डको बारेमा ज्ञान प्राप्त भएको भूत, भविष्य, वर्तमानका बारेमा जान्न सक्ने क्षमता राख्ने त्यसैले संस्कृतमा भनीएको छ ‘ब्रह्म जानन्ति ब्राह्मणम्’ ।
क्षेत्री भन्नालेः— देश रक्षार्थ लड्ने शत्रु परास्त गर्ने निस्वार्थरुपमा सधैं देश र जनताको लागि तानाशाह नभई अग्रसर भएर देशको सबल नेतृत्व गरि राज्यसत्ता सञ्चालन गर्ने ।

वैश्य भन्नालेः— सधैे आफ्नो देशलाई उन्नतितर्फ अगाडि बढाउन प्रयत्नशिल भई देश र जनताको आवश्यकता पुर्तिका लागि अग्रसर भइरहने ।

शुद्र भन्नालेः— देश र जनताका लागि आवश्यक पर्ने विभिन्न सिपमुलक काम गर्न सक्ने हातहतियार खरखजान बनाउने सुधार्ने । निमार्ण पुनः निमार्ण गर्ने । देश र जनता दुःखमा परेका बेला आफ्नो स्वार्थभन्दा देश र जनताको स्वार्थ ठुलो मानेर अग्रसर भई कार्य गर्न सधै तत्पर भइरहने ।

हाम्रा वैदिक परम्पराले ब्राहमण, क्षेत्री, वैश्य र शुद्र यी चार समुदायलाई यहि तरिकाबाट ब्याख्या गरेको पाइन्छ । यस हिसावले भन्न सकिन्छ कि यि चारै वर्णहरु बंशाणुगत नभई कर्माणुगत हुन । तत्कालिन अवस्थामा राज्यसत्ता सन्चालन गर्नाकालागी बनाइएका कार्य बिभाजन मात्र हुन । त्यसबेलाको अवस्थामा यि चारैवर्ण लगाएत वैदिक र अवैदिकहरुमा छुवाछुत र उचनिचको भेदभाव रहेको पाइदैन । यि चारै मध्ये कुनै एकको कमि भयो भने राज्यमा ठुलो संकट आइपर्ने कुराको जिकिर धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । साँचो अर्थमा भन्दा “समाजलाइ समय अनुकुल सुव्यवस्थित गरि सबैको सम्मानजनक सह– अस्तीत्व कायमगरी समाज रुपान्तरण गर्ने कुरालाइ नै ब्राहमणबाद भनीन्छ ।” तर यहाँ कसैले ब्राहमण नै गलत त कसैले ब्राहमणबाद गलत भन्ने र कसैले यी दुबै चिज गलत भनि ब्याख्या गरिरहेको पाइन्छ । यहाँ यो कुरालाइ यसरि लिन सकिन्छ कि गहुलाई चक्किमा पिस्दा गहुमा रहेका घुनहरुपनी संगै पिसिन्छन तर रोटीखानेले घुनलाइ कहिलै पिस्न खोजेको हुदैन ।

कीनहुुन्छ यसको बीरोध ? ः— केही कथीत उपल्ला ब्राहमण र राजखलक हौ भन्नेहरुले सामन्ति रुढिवादि पररम्परालाई निरन्तरता दिएर सधै आफ्नो नै बर्चश्व कायम गरिराख्ने कार्य गरेका कारण आज ब्राहमण र ब्राहमण बादको बिरोध भइरहेको अवस्था छ । ब्राहमण र ब्राहमणबादको साब्दिक अर्थलाइ जनमानसमा पुगाउन नसकेका कारण पनि यो बिरोध हुनुको मुख्य कारण हो भन्न सकीन्छ ।
आउ जानौ केहो त बा्रहमण र ब्राहमणबादको बिरोध हुनुको मुख्यकारण ? किन हुन्छ त यसको बिरोध ? जव वैदिक संस्कारमा क्रमकाण्डिय पद्धति र स्मृतिकालको सुरुवात भयो तव समाजमा सामन्ती रुढिवादि परम्पराको थालनिका साथै उचनिच र छुवाछुतको कार्य सुरु भयो । कालान्तरमा यसले धार्मिक संस्कारको रुपमा आफ्नो मान्यता पाउन सफल भएर स्थापीत हुन पुग्यो । जो बलियो छ उसैले आफ्नो शक्तिको आडमा कमजोरलाइ दवाउने, सताउने, जवर्जस्ति दास बनाउने आदि कार्य गर्दै गए र दास प्रथाले अग्रसरता पायो भने कमजोर वेसहारा र आफु मुनिका सवैलाई वैदिक संस्कारको हवाला दिदै रुढिवादि क्रमकाण्डिय पद्धतिले चरम रुप लीन पुग्थ्यो ।

समाजमा निरंकुस राजप्रथा र रुढिवाधि क्रमकाण्डिय प्रथाले अरु कमजोर ब्राहमण, क्षेत्री, वैश्य तथा शुद्र लगाएत चाहे त्यो गैरवैदिक नै किन नहोस सवै समुदायका कमजोर व्यक्तिका दैनिक जिवनका अधिकारमाथी बन्देज लगाइ सिमित व्यक्तिहरुले धार्मिकताका नाममा शोसक सामन्ति प्रवृतिमा राज्यसत्ता सन्चालन गर्न थाले । आफु अनुकुल बनाएको रुढिवादि क्रमकाण्डिय प्रथालाइ धामिर्कक संस्कारिक आधारमा जोडेर वैदिक र गैरवैदिक समुदायका धर्म संस्कार भेषभुषा भाषाभासी र रहनसहन सम्ममा हस्तक्षेप गरी
उनिहरुको अधिकारलाइ नै हनन् गरे । समय अनुकुल बनाइएको क्रमकाण्डिय पद्धतिलाई बिटुल्याएर रुढिवादि क्रमकाण्डिय संस्कारलाइ लादने कार्य गरे ।

यस प्रथा मार्फत जात भात उचनिच छुतअछुत तल्लो उपल्लो सानो ठुलो आदिकुराको संस्कारिक रुपदिएर सधै आफु मात्रै बलियो र शक्तिसाली बनिरहने प्रपन्च गरि समाजलाइ परिचालन हुन बाध्य बनाए । र त्यसपछी सुरुभयो बनारसि विध्या यानिकि उपाध्याय गिरी प्रथा । यो उपाध्याय गिरीले त यहाँसम्म ग¥यो कि सहोदर आफ्नै दाजुभाईलाइ पनी तल्लो दर्जाको बनाउन पछि परेन् । जव यो प्रथाले आफ्नै सहोदर दाजुभाईलाइ तल्लो दर्जाको बनाई छुत अछुत पानी चल्ने नचल्ने बनायो भने कल्पना गर्नुहोस कि अर्को समुदायकालाई कस्तो कस्तो कार्य ग¥यो होला । नेपालको परिवेशमा ब्रहामणहरुमै पुर्विया ब्राहमण जो तत्कालिन अवस्थामा करीव ११आंै÷१२औं सताव्दि अघिका यसैठाउँका रैथानेहरु । कुमाई ब्राहमण जो १२औ÷१३औ सताव्दिमा औरङ्गजेवको आक्रमण पश्चात कुमाउ गढवाल हुदै आएकाहरु र सुरो नचल्ने ब्राहमण जो तत्कालिन राज्य सत्ताका महारथिहरुले विभिन्न बहानामा जवरजस्ति भातभान्साबाट अलग गराइएका, बागदान गरेकी, एकल महीला, भोजभतेर नगरेर ल्याएकी, जारी गरेकी ल्याएकी या माइती मै महीनावारी भएकी लगाएतबाट जन्मेकाहरु र कथित ठुलाबणा भनाउदाहरुको कुरामा फरक मत राखेकै कारणले तल्लो दर्जाका बनाइएका आफ्नै बंशका सन्तानहरु गरि तिन दर्जाका ब्राहमणहरुमा बिभाजन गरिए ।

यी तीनै ब्राहमण भित्र पनि ठुलो बिभेद रह्यो एकले अर्कासंग बिवाहवरी नगर्ने पानि नचल्ने । एक पक्षले आफ्नो संस्कारिक कार्य गरीरहेको ठाउँमा अर्को पक्षले नजाने सो ठाउँमा कार्य गर्न नपाउने । सुरो नचल्ने बनाइएकाहरुले उपाध्याय भनिनेलाइ अनिवार्य मान्नै पर्ने जस्ता अतिघृणित कार्यको जग बसालेर केहि सिमित मात्रामा रहेका राज खान्दान र तिनका आसेपासे उपाध्याय भनिने कथित रुढिवाधी क्रमकाण्डिय ब्राहमण हु भन्नेहरुले कथित धार्मिक क्रर्मकाण्डिय प्रथाको आडमा कथित संस्कारीक रुपदिने कार्यको थालनी गरे ।
अझै भन्ने हो भने १९१० मा श्री ३ जङ्गबहादुरले पुर्विया र कुमाईको छलकपटबाट भात भान्सा चलांउने कार्य गरी जैसी (खड्केला) र उपाध्याय ब्राहमण गरि दुइ वर्गमा ब्राहमणलाई वीभाजन गरे । उपाध्यायले सुरो चलाउन पाउने र जैसी ब्राहमणले सुरु चलाउन नपाउने फैसला गरे । जैसी ब्राहमणहरुले यसको बिरोध गरेका कारण पछि लालमोहर लगाएर जैसी ब्राहमणहरुलाई सुरो चलाउन पाउने अधिकार सहित उक्त लालमोहर हस्तान्तर गरे ।

यसको थुप्रै इतिहासकारले जिकिर गरीसकेको अवस्थापनी छ । जव कथित क्रमकाण्डिय उपाध्याय भनिने स्वघोसित ब्राहमण र निरंकुस राज खान्दानले आफ्नै बंशलाइ आफ्नो स्वार्थपुतीकालागी छोडेनन भने अरुको त कुरै गर्न सकिदैन आखिर त्यतिबेला कस्तो भयो होला । आजपनी यो देशको बागडोर तिनै कथीत क्रमकाण्डिय उपाध्याय पथ अंगालेका केहि सामन्ति सासकहरुको हातमा नै रहेको छ । चाहे त्यो ब्राहमण, सिल्पि(दलीत), जनजाती, मधेशी या अरु कुनै समुदाय र सम्प्रदायको किन नहोस । जवसम्म यो सोच भएका व्यक्तिहरुले राज्य सत्तामा आफ्नो पकड बनाई रहन्छन् तव सम्म यो देशका सवै समुदाय, सम्प्रदाय, भेग र क्षेत्रका उत्पिडित वर्गहरुको कहिल्यै उन्नति र प्रगति हुनसक्दैन । जव सम्म हाम्रो देशमा जडागाडेर बसेको कथित रुढिवादि परम्परा र संस्कारको रुपमा रहेको क्रमकाण्डिय उपाध्यायगिरी पथलाई निरुत्साहीत गर्न सकिदैन तवसम्म यो देशले कोल्टे फेरेर रुपान्तरित हुन सक्दैन । यसकारण यहाँ भन्न सकिन्छ कि “ब्राहमण र ब्राहमणबाद कुनै रुढिवादि सामन्तिप्रथा या समुदाय र गलत सोच शिद्धान्त होइन । यो त एक समाज सुधारक रुपान्तरीत सोच, पद्धती र योजना हो” । “कथित रुढिवाधि क्रमकाण्डिय उपाध्यायगिरि पथ नै यो समाज, समानता, सहअस्तित्व र देश बिकासको बाधक हो”।
त्यसैले आउँ यहाँ ब्राहमण र ब्राहमणबाद को बिरोध गर्नु भन्दा यसको वास्तविकतालाई अध्यन गरौं र समानता, समावेशिता र सहअस्तित्वकालागी एकजुट भइ अगाडि बढांै ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *