Loading...
हुलाकी राजमार्गको ठेकीचौराहा अव्यवस्थित हुदा दुर्घटना बढ्दै, एक हप्ता मै मुहार फेर्छु वडाअध्यक्ष

हेमन्त माण्डव्य, कैलाली, चैत्र १७— कैलालीको भजनी नगरपालीका वडा नं ३ अन्तर्गत ठेकीपुर गाउँमा रहेको हुलाकी सडकमा पर्ने ठेकी चौराहा चौक अव्यवस्थित हुदा आवत जावतमा कठीनाई परिरहेको छ ।

सो चौक क्षेत्रमा ठुल्ठुला खाल्डाहरुका साथै चौकको बिचमा अव्यवस्थित रुपमा रहेको रुख र यातायातका साधनहरु अनियन्त्रित तवरले गुड्ने भएका कारण यातायता क्रमीहरु र पैदल यात्रुहरुलाई समेत खतरा रहेको छ । ठेकी चौराहबाट पुर्वपश्चिम हुलाकी राजमार्ग पर्दछ भने उत्तरमा भजनी बजार हुदै सुख्खड र वौनिया जाने बाटो पर्दछ । त्यसैगरि दक्षिणमा जवलपुर, कुसुमघाट हुदै भारतको बनविरपुर तिकुयाँ बजार जाने बाटो पर्दछ ।

व्यस्त भइरहने यो चौराहामा नै नराम्रो बाटो रहेकाले स्थानिय तथा बाह्य यात्रुहरुलाई आवत जावतमा समस्या परिरहेको छ । सोहि चौक सम्म हुलाकी सडक पिच गरियता पनि त्यो भन्दा अगाडी कन्द्रा नदिमा पुल नबन्दा बाटो पिच हुन सकेको छैन ।
यस सम्वन्धमा ठेकिपुरका स्थानिय समाजसेवि बल बहादुर बुढाले भने यहाँ कैयौ पटक दुर्घटना भइसके कति अंगभङ्ग भए कतिको ठुलो धनराषि खर्च भयो । हामिले यटक पटक वडा कार्यालय र नगरपपालीका धायौं हाम्रो कुरा कसैले पनि सुनिदिएन । त्यसैेगरी यो ठाउँमा आइपुग्दा कतितबेला के हुने हो भन्ने खतरा महसुस भइरहन्छ भन्छन भजनी नगरपालीका कृष्णनगरका व्यवसायि तुलाराम काफ्ले । सोहि ठाउँका समाजसेजि मन्ते साउदले अगुवा सन्देशलाइृ भने हामि यहि चौराहा वरिपरिका स्थानिय भएकाले सबैेले हामिलाई नै भन्छन यो चौराहाको मर्मत किन गर्नुहुन्न ?

सोहि ठाउँका स्थानिय समाजसेवि चित्र बहादुर साउँद भन्छन हामिसंग यस ठाउँको मर्मत गर्ने हैसियत भइदिएको भए हामि आफै बनाइहाल्थ्यौ तर यो कार्य हाम्रो हैसियतको छैन । त्यसैले सम्वन्धित निकालाई धेरैचोटी जानकारि गरायौं हाम्रो कुरालाई मनन् गरिएन । स्थानिय सरकारका जनप्रतिनिधिहरु दिनहु यसै चौराहा बाट जाने आउने गर्दछन तर पनि उहाँहरुको नजर यसमा नपरेको हो कि अनदेखा गरेका हुन त्यो कुरा बुझ्न सकिएको छैन ।

यसै सन्दर्भमा हामीले यता वडा नं ३ का वडा अध्यक्ष बिक्रम चौधरिलाई सम्पर्क गरी ठेकी चौराहा अस्तव्यस्त रहेको त्यसको व्यवस्थापन भएन र सो ठाउँमा दुर्घटना बधीरहेको भन्ने जनताहरुका सवाल यस्ताछन नी भनेर सोधेका थिर्यौ । यस सन्दर्भमा वडाअध्यक्ष चौधरीको भनाई यस्तो रहेको छ ।

जनताहरुले भनेको ठाउँमा म कामै गर्दैन भनेर भन्ने कुरै आउदैन । किनकि जनताहरुको कै काम गर्ने भनेर जनताहरुको प्रतिनिधि भएर आएका हौं । उनले भने शहरि विकास मन्त्रालयको २ करोडको लागतमा ठेकीपुर चौक देखि क्रमदेउ घाटसम्म भजनी बजार आउने बाटोमा कन्द्रा नदि उच्च तटवन्घ र उच्च बाटोको स्तर उन्नितकालागी ठेक्का भइसकेको छ । यो कार्य चाडै सुरुहुन्छ यसकार्यले पनि यो समस्या हल भएर जानेछ । तर त्यहाँका स्थानियसंग मेरोपनि गुनासो रहेको छ । ठेकीपुर चौकमा मैले पटक पटक जेसीवि पठाएर स–साना कार्यहरु गर्ने गराउने गरेको छु तर त्यस क्षेत्रका हैसियत राख्ने स्नानियहरु सहयोग गर्दैनन् पछाडी ठुल्ठुला कुरा गर्छन अनि कसरि हुन्छ काम आफ्नो कामको रेखदेख त आफै गर्नसक्नु पर्छनी उनि प्रति प्रश्न गर्छन ।

वडा अध्यक्ष चौधरीले भने त्यस चौराहको व्यवस्थापनमा यसपाली अली ढिलो भएको छ म त्यो कुरा स्विकार्छु र त्यस क्षेत्रका खाल्डाखुल्डि पुर्ने कार्य म एक हप्ता भित्र अवश्य गर्छु । एक हप्ता पछीको ठेकी चौराहा हेर्नुहोला त्यसको मुहार नै परिवर्तन हुनेछ । कसैले गुनासो गर्ने ठाउँ पाउने छैन र म तपाइको पत्रिका अगुवा सन्देश मार्फत जनताहरुसंग प्रतिवद्धता जाहेर गर्दछु । तर त्यहाँका स्थानियहरुको पुर्ण सहयोग चाहिन्छ । किनभने केहि समय पहिले ठेकीपुर चौकलाई व्यवस्थित बनाउनकालागी हामिले १ लाख बजेट विनियोजन गरी उपभोक्ता समिति समेत गठन गरेका थियौ तर त्यहाँका स्थानियहरुले नगरपालीकामा सम्झौता नै गर्न नआएर रकम फ्रिज गराएको उदाहरण पनि ताजै छ ।
दुर्घटनाको कुरालाई जोड्ने हो भने सो ठाउँमा अनियन्त्रित तरीकाले बनाइएका घर टहराहरु हामी भजनी बजार आउने बाटो बनाउदा अवश्य हटाउने छौं । तर जे होस म ठेकीपुर चौकको काम एकहप्ता भित्र गरेर नै छोड्छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *