Loading...
जामिया सिराजुल उलुम अल्सल्फियामा बार्षिक उत्सव मनाइदै
अजय मिश्र/कपिलवस्तु चैत्र २७
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ३ मा अवस्थित जामिया सिराजुल उलुम अल्सल्फिया विद्यालयमा बार्षिक उत्सव मनाइदै छ। सो कार्यक्रममा अब्दुल मतिम ले  कुरानशरीफ़ को पाठ पढेर उद्घाटन गरे। जस्को प्रमुख अतिथि बहुजन समाजवादी पार्टी का प्रदेश अध्यक्ष एहसान अहमद खां, विशिष्ट अतिथि राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष  डा.अब्दुल गनि अल्कूफी जस्मा एहसान अहमद खां ले आफ्नो मन्तव्य राखदै विद्यार्थीले आफ्नो धर्म, भाषा र संस्कृतिको संरक्षण गर्दे स्वालम्वी बन्नु पर्ने, समाज र देश को नाम विश्व मा चिनाउने जस्ता काम मा जोड दिनु पर्ने वताउदै विद्यार्थीलाई पुरस्कार दिन रू पांच हजार सहयोग समेत गर्नु भयो। उक्त कार्यक्रममा विद्यार्थी हरुले नेपाली, उर्दू, आरबी, अंग्रेजी र हिंदीमा धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक लगायत अन्य बिषयमा आ आफ्नो मन्तव्य राखे। उक्त कार्यक्रम ३ दिन सम्म चल्ने र उत्कृष्ट विद्यार्थी लाई प्रदेश नं ५ का सामाजिक विकास मंत्री सुदर्शन बराल बाट पुरस्कृत समेत गरिने कुरा राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपाली ले जानकारी दिनु भयो। उक्त कार्यक्रम मा अब्दुल रसिद मदनी, प्रवेज मदनी, फज्ले हक मदनी, खुर्शीद शैख सल्फी इकरार अहमद खान  लगायत विद्यार्थी, शिक्षक, पत्रकार समाजसेवी को उपस्थित रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *