
काठमाडौं । सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गर्नु भएको छ । उहाले सीके राउतसँग भएको सम्झौता धोखा भएको भंन्य भएको छ भने सुरक्षा परिषद्सम्बन्धी विधेयकमा समेत प्रश्न उठाउनु भएको छ । ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले शान्ति सुरक्षा दिन सरकार असफल भएको बताउनु भयो । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्नुको सट्टा बचाउने काम गरेको उहाको आरोप रहेको छ ।
उअहाले भन्नु भएको छ -“ओली सरकारमा आएसँगै महंगी बढेको छ । ठाउँठाउँमा कर तिर्दा हैरान भएको भनेर व्यापारीहरुले गुनासो गरेको पाएको छु , ‘हिजो काभ्रेमा गएको थिएँ, त्यहाँ कुखुरा पनि एक जिल्लाबाट अर्कोमा लैजाँदा कर लाग्दोरहेछ ।’ त्यसकारण केपी शर्मा ओलीभन्दा पनि करप्रसाद ओली राख्नु पर्ने भइसक्यो ।’
Facebook Comments