
सुर्खेत— चैत्र ३०,
समाजवादी लोक्तान्त्रिक ट्रेड युनियन महासंघले कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्र नगरमा आयोजना गरेको प्रदेश स्तरीय भेलाले लाले कुमालको अध्यक्षतामा १६ सदसिय महाँसंघको कर्णाली प्रदेश समिति गठन गरेको छ ।
सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा सम्पन्न उक्त भेलाले उपाध्यक्ष इन्द्र बहादुर कुमाल, सचिव खिमा सोति, सहसचिव भिमकला गहतराज, कोषाध्यक्ष राजेश गुरुङ्ग, सदस्यहरु शान्ति रामजाली मगर, खड्क बहादुर कुमाल, राधीका बिक, गौरी कुमाल, अमृता बिक, सुनिता जैसी, दिलमाया रसाइली, हेमन्त बहादुर खत्री, कुबेर बुढा मगर, प्रेम बिकलाई सहमतीय तरिकाबाट चयन गरेको छ । भेलाले तत्काल कर्णाली प्रदेश समितिको अधिवेसन गर्ने निर्णय समेत गरेको नवगठीत महाँसंघका सचिव खीमा सोतिले अगुवा सन्देशलाई बताएकी छन् ।
प्रदेश स्तरीय भेला कार्यक्रममा प्रमुख अथिति समाजवादी लोक्तान्त्रिक टे«डयुनियन
महासंघका केन्द्रीय उपाध्यक्ष हेमन्त माण्डव्य रहेका थिए भने विशिष्ट अथिथिमा ससफो नेपाल के.बै. सदस्य मोहन गुरुङ्ग, कर्णाली प्रदेश अध्यक्ष बलविर नेपाली, पन्च सिंह रोक्का मगर, यादव गरुङ्ग लगायत रहेका थिए । महाँसंघका केन्द्रिय सदस्य लाले कुमालले अध्यक्षता गरेको कार्यक्रममा स्वागत खिमा सोतिले गरेकि थिईन् भने सञ्चालन फत्ते बहादुर सोति मगरले गरेका थिए ।
Facebook Comments