
कैलाली— चैत्र ३०,
सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकामा माण्डव्य समाज नेपालको तेस्रो राष्ट्रिय वार्षिक साभारण सभा सम्पन्न भएको छ ।
सो राष्ट्रिय वार्षिक साधारण सभालाई नेपाल राष्ट्रिय विकास परीषद् सदस्य तथा विरेन्द्रनगर नगर–पालीकाका उपमेयर मनमाया ढकाल भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा अछाम कमलबजार नगरपालिकाका उपमेयर भुमिसरा बजगाई, दैलेख डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष सीता कुमारी ज्ञवाली विशिष्ठ अथिति रहेका थिए । अथितिहरुमा समाजका केन्द्रिय सल्लाहकार नरपति रावल, कमल बजार नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दुर्गा बजगाई लगायत रहेका थिए । समाजका अध्यक्ष हेमन्तराज माण्डव्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत प्रतिवेदन समाजका महासचिव दिपक ज्ञवालीले वाचन गरेका थिए । त्यसैगरि आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवीप्रसाद भण्डारीले प्रस्तुत गरेका थिए भने स्वागत साधारण सभा व्यवस्थापन समिती संयोजक यदु ज्ञवाली र सञ्चालन समाजका सचिव श्याम भण्डारीले गरेका थिए ।
२०७४ चैत्र तनहँु देवघाटमा भएको दोस्रो राष्ट्रिय महाधिवेसनमा सुर्खेत निवासी शिवप्रसाद भण्डारीले विरेन्द्रनगर नगरपालिका वडा नं १४ मा माण्डव्य ज्ञान आश्रमकालागी आफ्नो स्वामित्वमा रहेको दुई रोपनी जग्गा भुमिदान गरेका थिए । उक्त दुई रोपनि जग्गामा २३ गते बिहान माण्डव्य ज्ञान आश्रमको उद्घाटन समाजका अध्यक्ष हेमन्त माण्डव्यले एक कार्यक्रमका बिच गरेका थिए । सो भुमिदान कार्यक्रम भइरहदा अछाम मंगलसैन ६ का खन्टे भण्डारीको नाममा मंगलसैन ६ ठुलासैनमा रहेको ३ रोपनी जग्गा उनका नाती दुर्गाप्रसाद भण्डारीले माण्डव्य ज्ञान आश्रमकालागी भुमीदान गर्ने घोषणा गरेका थिए ।
स्मरण रहोस समाजले यस अघि कैलालीको टीकापुर, तनहुँको देवघाटमा माण्डव्य ज्ञान आश्रमको हिलान्यास गरि काम प्रारम्भ गरिसकेको छ भने सुर्खेतमा सुरुवात भएको छ । यस उपरान्त अछामको मंगलसैनमा पनि निकट भविष्यमा नै माण्डव्य ज्ञान आश्रमको शिलान्यास हुने कुरा सो समाजका भारत प्रवास समिति इन्चार्ज देवानन्द भण्डारीले जनाएकाछन् ।
Facebook Comments