Loading...
आफु प्रधानमन्त्रि भए सबैभन्दा धनि शुप प्रदेशलाई बनाउने काग्रेस सभापति देउवाको भनाई

टीकापुर वैशाख – ५,
नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गत मङ्गलबार कैलालीको टीकापुरमा भएको एक कार्यक्रममा बर्तमान सरकारले सुदूरपश्चिम विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामा हमला गरेकोले पार्टीले त्यस्तो हस्तक्षेप नसहने चेतावनी दिएकाछन ।
सरकारले उपकुलपति र रजिष्टारलाई हटाएको, नया“ नियुक्तीमा ढिलाई गरेकोले विश्वविद्यालयका कामहरु प्रभावित हुनुका साथै समायोजन भएका १४ वटा क्याम्पसका प्राध्यापक र कर्मचारीले ९ महिनादेखि तलव भत्ता पाउन सकिरहेका छैनन् ।
नेपाली कागे्रस क्षेत्र नम्बर १ कैलालीले निर्माण गरेको वीपी स्मृति भवनको उद्घाटन गर्न टीकापुर पुग्नु भएका पुर्व प्रधान मन्त्रि देउवाले आफु प्रधानमन्त्री भएको बेला सुदूरपश्चिमको धेरै विकास गरेको र फेरि प्रधानमन्त्री भए कर्णाली, महाकाली र पश्चिम सेती जलविद्युतको विकास गरी सबै भन्दा धनी प्रदेश बनाउने बताएकाछन ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले पार्टीलाई बहुमतको सरकारमा स्थापित नगरेसम्म पार्टीबाट देउवाको विदाई पनि नहुने र पार्टीमा विकल्प पनि नभएको बताए । उनले केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था गिरीजाप्रसाद कोइरालाको पाला देखि नै रहिआएको र महासमिति बैठकमा त्यस्तो प्रस्ताव पनि नआएकाले अहिले महाधिवेशन प्रतिनिधि बुथबाटै निर्वाचित भएर आउनुपर्ने मागको कुनै अर्थ तुक नरहेको समेत वताएका थिए ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता नारायणदत्त मिश्रले एकपटक केन्द्रीय सदस्य भैसकेपछि फेरि जनतामा जान नपर्ने र पटक पटक समानुपातिकमा अवसर पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । यस्तै पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्रि चन्द्रसिंह भट्टराईले मुख हेरेर व्यवहार नगर्न र मन मिलाउन विश्वासको संकट अन्त्य गरिनुपर्ने भावना व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाली कागे्रस कैलालीका सभापति नरनारायण शाह मनुले आफूले दुई वर्षे कार्यकालमा जिल्लामा गुटहरुको न्यूनीकरण गर्ने प्रयास गरिरहेको र गाउँगाउँमा कार्यक्रम गरीदासम्म पनि काम पाएनौ भन्ने महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु उपस्थित नभएकोले कागे्रसमा जोडने भन्दा तोडने हावी भैरहेको बताउनु भयो । उहाँले शीर्ष नेताको झमेला पर्खेर जिल्लामा नबस्ने र पार्टी तोडनेहरुसंग सम्झौता पनि नगरिने वताए ।

सुदूरपश्चिम प्रदेशका कागे्रस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सरकारले भ्रष्टाचार रोक्न नसकेको र जनताको पक्षमा काम गर्न नसकेको बताउदै कागे्रसले जितेका स्थानीय तहमा सुशासनको संकेत देखा परेको जानकारी गराएका थिए भने कैलालीमा थारु पहाडीबीच द्वन्द्व बढाएर समुदाय समुदाय विच दरार पैदागर्न खोज्नेका विरुद्ध कागे्रस कटीवद्ध भएर लाग्नुपर्ने बताएका थिए ।
सो कार्यक्रमा पूर्वमन्त्री रामजनम चौधरीले कागे्रस जिल्ला कार्यसमितिले ल्याएको हरेक वडामा पुग्ने कार्यक्रमको प्रशंसा गर्दै नेताहरुबीच समझदारी बनाएर जान सके संगठनलाई बलीयो बनाउन सकिने धारणा व्यक्त गरेकाथिए ।

कार्यक्रममा पुर्वमन्त्रि गोविन्दबहादुर शाह, पूर्व राज्यमन्त्रीहरु मोहनसिंह राठौर, जनकराज चौधरी, नेवि संघका निवर्तमान अध्यक्ष नैनसिंह महर, पूर्व सासंद बुद्धिसागर चौधरी, महाधिवेशन प्रतिनिधि फकिरसिंह कडायत, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, जोशीपुर गाउपालिकाका अध्यक्ष तथा कागे्रसका क्षेत्रीय उपसभापति रामकृष्ण चौधरी लगायतले आ–आफ्ना मन्तव्यहरु व्यक्त गरेका थिए । कागे्रसले १२ लाख ८७ हजारको लागतमा वि.पि. स्मृति भवनको निर्माण गरेको हो । भवन निर्माणको रकम चन्दा तथा शुभेच्छुकहरुको सहयोगबाट संकलन भएको क्षेत्रीय कोषाध्यक्ष थर्कबहादुर शाहले जानकारी गराएकाछन ।

कार्यक्रममा पार्टीलाई योगदान गरेका व्यक्तिलाई मरणोपरान्त सम्मान गरिनुका साथै भवन निर्माणमा सहयोग गर्ने दाता र पार्टीका केही नेताहरुलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रमा नेता गगनसिंह थापालाई सम्मान गरिएतापनि नेता गगनसिंह थापाले पार्टीको मुल्यांकनमा आफू सक्रीय नभएको ठहर गरेकाले आफु पार्टीको बफादार कार्यकर्ता भएपनि सम्मान ग्रहण नगर्ने घोषणा गरेका थिए ।
क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सञ्चालन सचिव प्रकाश शाहले गरेका थिए भने स्वागत केशरी रावल विष्टले गरेकि थिइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *